बदलियो समय साहित्य August 7, 2021August 7, 2021 -पवन चौहान किसानले धैर्यका साथ बगाए पसिनाको खोलो चुपचाप आजसम्म कुनै गुनासो नगरी तिमी हेर्दै जाऊ अब आगो पनि ओकल्ने छन् झुन्ड्याउने छन् उनीहरुको खेतबारी बेच्ने दलाललाई बालीको कम मूल्य तोक्नेलाई काँडैकाँडाको तारमा छोड्ने छैनन् उनीहरुको खेतबारीमा सिमेन्ट-फ्याक्ट्री रोप्नेलाई खेत बिचको रुख उखल्नेलाई जहाँ मध्यान्हमा केही क्षण सुस्ताउथे उनीहरु आफ्ना गोरुका साथमा डराउने छैनन् अब नेताका छेउ न टुप्पोका हुकुमसँग कुनै परिणामदेखि हतियारदेखि न कुनै धम्कीदेखि अब उनीहरुको ताली बजाउने समय आइसक्यो उनीहरुले बुझिसके हत्केलामा भएका भाग्यरेखाको रहस्य त्यसको
मान्छे मान्छेसँग डराउन नपरोस् साहित्य August 6, 2021August 6, 2021 -इन्द्र कुमार श्रेष्ठ 'सरित' काम छैन, जिम्मेवारी छैन फुर्सद नै फुर्सद छ तर अरु वेला फुर्सद खोजिहिँड्ने यही मनलाई किन यो फुर्सद मन पर्न छोडेको छ ? मन पखेटा फिँजाएर नील गगनमा उड्न लालायित भएको छ । पुग्नुपर्ने गन्तव्य कुनै छैन तैपनि यो घेराबन्दी तोडेर मन स्वतन्त्रताको गीत गाउँदै खोलैखोला, वनपाखा र उद्यान घन्काउन बेसकन छट्पटिएको छ । सुत्यो, उठ्यो, खायो, सुत्यो आरामैआरामले
प्रेमपत्रको अमूर्त पाना साहित्य August 5, 2021August 5, 2021 -बाबुराम न्यौपाने 'उत्स' प्यारा ! उमेरको उत्तरार्धमा जीवनका झरिला पातहरु ओइलिँदै गर्दा हृदयको एकान्त कुनामा जतनसाथ पट्याएर राखेका खातका खात प्रेमपत्रबाट तिम्रो एउटा प्रेमपत्र पढ्दै छु अक्षर र शब्द शब्दमा स्पन्दित छ मुटुको धड्कन कलात्मक अक्षरमा उनिएर मगमगाएका छन् प्रेमभावका पुष्पहार ! प्राणप्यारा ! नसाका शिरा शिरामा प्रवाहित भएर पनि सहयात्री बन्ने सौभाग्य समयले लुट्यो यता साथ भएर पनि नीरस नीरस छ जीवन प्यास छ, धीत मर्ने
क्रोध साहित्य August 4, 2021August 4, 2021 -भुवन शिवाकोटी 'चौघरे' तिमी भन्छौ आगो सल्काउँदै छु म ऊ आँधी लिएर आउने छ र छर्ने छ बस्तीभरि आगोको बिउ आगो सल्काउँदा होस गर कतै 'टोर्नाडो' आँधीले तिम्रो शरीरमै नबेरिदेओस् आगोको फरिया तिमीले बुझ्नु जरुरी छ आँधीसँगै कहिलेकाहीँ मुसलधारे पानी पनि पर्छ र निभ्छ डँडेलो अझै बुझ्नु जरुरी छ आगाको मुस्लोमा बस्ती जलाउने सपना मात्र नदेख त्यो बस्तीमा तिम्रो पनि आवास छ । काठमाडौं
तीव्र अनुराग साहित्य August 3, 2021 -नेत्र एटम प्रिय आशा ! पन्छाऊ न बिस्तारै समयलाई छोपिरहेको यो धुर्मिलो आवरण खुल्नु छ नि तिमीले त कति-कति अद्भुत सपनाहरूसित र देखाइदिनु छ आकाशलाई उसको असीम नग्नतामा कस्ता-कस्ता अनुभूति फुलिरहन्छन् मग्न भएर बताससित लहरिँदै-लहरिँदै जिन्दगीको लयजस्ता अपूर्ण-अपूर्ण प्रभाती पवनका यी सप्पै पुष्पहरु...
एनआरएनए जापान, क्युस्यु क्षेत्रीय समितिले जापान ब्यापी खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गर्ने प्रवास साहित्य August 3, 2021 अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर गैर आवासीय नेपाली संघ (NRNA)जापान, क्युस्यु क्षेत्रीय समितिले जापान ब्यापी खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ ।"मैले चिनेको र चाहेको एनआरएनए” शिर्षकमा नेपाली भाषामा लिखित निबन्ध जापान बासी नेपालीहरुले २०२१ जुलाई १६ तारिख देखी अगष्ट १० तारिख एनआरएनए क्युस्युको ईमेल ठेगाना nrnakyushu2019@gmail.com मा पठाउन
पहिरो साहित्य August 3, 2021August 3, 2021 -वासुदेव अधिकारी सानो छोराले सोध्यो- पहाड केले बन्छ बाबा ? मैले भनेँ- ढुङ्गाले माटाले माटो र ढुङ्गाले उसले फेरि सोध्यो- माटो र ढुङ्गा सधैँ मिलेर बस्छन् त ? बसे त जाती ! के तिनीहरुमा हामी दिदी भाइ झैँ झगडा हुँदैन ? दाजु भाइ झैँ कलह पर्दैन ? कि पहिरो आएको पनि त्यसै भएर हो ? ढुङ्गा माटोले कलह गरेका ? कोपराकोपर गरेका ? छोराको सानो
बालक साहित्य August 2, 2021 -सुमी लोहनी मायाको बाग कोपिला साना कलिला बालक लाग्दछ यस्तो रहेका फक्री थुँगा हुन् फूलका यिनले गरे छुनु र मुनु आँगनै उज्यालो भएमा खुसी लाग्दछ कहीँ बल्यो कि दियालो । कपट, छल यिनमा छैन
एनारन ठत्यौलि साहित्य July 28, 2021July 28, 2021 -रमेश बाबु घिमिरे अध्याय १ एका देशमा सुर्योदयको सुन्दर देश थियो। विभिन्न देशका खेलाडी तथा गोल्ड मेडलको गर्गडाहट ले रंगिनमय भएको राजधानी शहर लाई छोडेर एनारन हरु नारायन, नारायन गर्दै पवित्रभुमि ओसाकामा धान्याचल, होम, कोटी र मूल भट्ट छान्न आएका थिए। पवित्र भूमि ओसाकामा धुमधामका साथ धन्यचल तथा होम,कोटिको तयारी गरिएको थियो। भजन
आशिर्वाद प्रवास साहित्य July 11, 2021July 11, 2021 -बिन्दु ढकाल थाहा छैन मैले तिमिलाई कसरी पाए मैले जानी जानी कहिले धर्म गरिन मैले जानी जानि कहिले धर्म सोचिन धर्म बोलिन कुन सत् ले तिमिलाई भेटे खै!थाहा छैन मलाई सायद मैले धर्म नगर्दा नगर्दै हुन गएको धर्म को प्रभाव ले तिमिलाई पाए काम नलाग्ने भनेर एक रात झरी पर्दै गर्दा सडकको किनारमा मैले एउटा पुरानो कचौरा फ्याँकी दिएको थिए असारको टनटलापुर घाममा ब्याकुल बनेका एक जोडि