You are here
Home > साहित्य > बदलियो समय

बदलियो समय

-पवन चौहान   

किसानले धैर्यका साथ बगाए

पसिनाको खोलो

चुपचाप

आजसम्म

कुनै गुनासो नगरी

 

तिमी हेर्दै जाऊ

अब आगो पनि ओकल्ने छन्

झुन्ड्याउने छन्

उनीहरुको खेतबारी बेच्ने दलाललाई

बालीको कम मूल्य तोक्नेलाई

काँडैकाँडाको तारमा

 

छोड्ने छैनन्

उनीहरुको खेतबारीमा

सिमेन्ट-फ्याक्ट्री रोप्नेलाई

खेत बिचको

रुख उखल्नेलाई

जहाँ मध्यान्हमा

केही क्षण सुस्ताउथे उनीहरु

आफ्ना गोरुका साथमा

 

डराउने छैनन् अब

नेताका छेउ न टुप्पोका हुकुमसँग

कुनै परिणामदेखि

हतियारदेखि

न कुनै धम्कीदेखि

 

अब उनीहरुको

ताली बजाउने समय आइसक्यो

उनीहरुले बुझिसके

हत्केलामा भएका

भाग्यरेखाको रहस्य

त्यसको परिणाम

 

आबाजको शक्ति

दिँदै छ हिम्मत

र किसान

फर्किदै छन्

हल गोरुका साथमा

एक नयाँ सत्ता रोप्न ।

                      हिन्दीबाट अनुवादः सुमी लोहनी

                           भाटभटेनीकाठमाडौँ

 

 

 

 

 

Leave a Reply

Top