You are here
Home > साहित्य > बालकविता

सिको

माया र आशीर्वादका साथ सम्पूर्ण बालबालिकालाई 'बाल दिवसको' हार्दिक शुभकामना ! -सुमी लोहनी पङ्ख फैलाई उड पुतली तिम्रो पछि दौडिन्छु म पनि !   मुस्कुराउँदै फुल फूलहरू तिमीसँगै मुस्कुराउँछु म पनि !   आकाशधर्ती छुँदै लाग इन्द्रेणी तिमी हेरी लक्ष्य चुम्छु म पनि !   बगाउँदै पसिना काम गर माहुरी तिमीजस्तै परिश्रमी बन्छु म पनि !   घामपानी सहँदै बढ बोटबिरुवा तिम्रो सिको गर्दै सेवा

Top