सिको बालकविता साहित्य September 14, 2021 माया र आशीर्वादका साथ सम्पूर्ण बालबालिकालाई ‘बाल दिवसको’ हार्दिक शुभकामना ! -सुमी लोहनी पङ्ख फैलाई उड पुतली तिम्रो पछि दौडिन्छु म पनि ! मुस्कुराउँदै फुल फूलहरू तिमीसँगै मुस्कुराउँछु म पनि ! आकाशधर्ती छुँदै लाग इन्द्रेणी तिमी हेरी लक्ष्य चुम्छु म पनि ! बगाउँदै पसिना काम गर माहुरी तिमीजस्तै परिश्रमी बन्छु म पनि ! घामपानी सहँदै बढ बोटबिरुवा तिम्रो सिको गर्दै सेवा गर्छु म पनि ! गाँसबास देऊ हराभरा धरती तिमीजस्तै सहनशील बन्छु म पनि ! ज्ञानगुण, राम्रा कुरा सिकाउनुस् गुरु, बाआमा पढिलेखी असल मान्छे बन्छु म पनि ! काठमाडौं