ता थै तक थै …! साहित्य हास्यव्यङ्ग्य August 23, 2021 -सुमी लोहनी आजभोलि त नेपाली जन्तालाई सारै हाइसन्चो भ’को छ । साँच्चै, यस्ता महान्, त्यागी, दूरदर्शी नेता भएका देशका बासिन्दालाई हाइसन्चो नभए कसलाई हुन्छ त ? स्वच्छाले होस् कि कोच्चार होस्, राजनीतिको रन्कोले रननन रन्कार नरन्थनाको कसलाई पो होला र नेपालाँ ! गजबको छ बा यो राजनीति