नवलपुर समाज जापानको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरि प्रसाद कँडेल प्रवास October 3, 2026 ओसाका, जापान। नवलपुर समाज जापानको पाँचौँ अधिवेशनले हरि प्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार जापानको ओसाकामा सम्पन्न पाँचौँ अधिवेशनबाट कँडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष मुक्तिराम खनाल (विनोद) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रकाश सापकोटा, लक्ष्मी सापकोटा र सुरेश सापकोटा
ओसाकामा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुँदै, चक्र बम र रेखा जोशीको विशेष प्रस्तुति खुसी बाँडे खुसी बढ्छ प्रवास September 27, 2026 ओसाका, जापान। सुदूरपश्चिमेली नेपाली समाज जापान, क्षेत्रीय समिति कान्साईको आयोजनामा तथा कर्णाली प्रदेश समाज कान्साईको सहआयोजनामा, गोर्खा ट्रेडिङको टाइटल पार्टनरशिपमा आगामी अक्टोबर १२ तारिख सोमबार ओसाकामा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ। “हाम्रो संस्कृति हाम्रो अभिमान : बाढीपीडितका लागि हाम्रो अभियान!!” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा चर्चित कलाकार
ओसाकामा नवलपुर समाज जापान, कान्साईको ‘तीज फेस्टिभल २०२६’ को तयारी पूरा प्रवास मनोरञ्जन September 8, 2026 ओसाका, जापान। नवलपुर समाज जापान, कान्साईको आयोजनामा आगामी सेप्टेम्बर १२ तारिख शनिबार ओसाकामा हुने ‘तीज फेस्टिभल २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यस वर्षको कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोडिएको छ। आयोजकका अनुसार कार्यक्रम नेपालका बाढीपहिरो पीडितहरूको सहयोगार्थ आयोजना गरिनेछ। कार्यक्रम सञ्चालनमा
जापानमा नेपाली क्रिकेटको इतिहास रच्दै ओसाका स्टार्स फाइनलमा खेलकुद प्रवास September 6, 2026 ओसाका, जापान। जापान क्रिकेट एसोसिएसनद्वारा आयोजित २०२६ जापान कप–कान्साई डिभिजन १ प्रतियोगितामा नेपाली खेलाडीहरूको बाहुल्यता रहेको ओसाका स्टार्स फाइनलमा प्रवेश गरेको छ। यस स्तरको प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली टोली बन्दै स्टार्सले जापानमा नेपाली क्रिकेटको इतिहासमा नयाँ उपलब्धि हासिल गरेको हो। आइतबार, ६ सेप्टेम्बर २०२६ मा काइजुका क्रिकेट मैदानमा भएको सेमिफाइनलमा
भोटेकोशी बाढीका दिवंगतहरूको सम्झनामा बिहुँकोट समाज कान्साईले ओसाकामा दीप प्रज्वलन गर्ने खुसी बाँडे खुसी बढ्छ प्रवास समाचार September 6, 2026 ओसाका, जापान। नेपालमा हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिले ओसाकामा दीप प्रज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम सेप्टेम्बर ७, २०२६ सोमबार साँझ ६ बजे ओसाका सिटीस्थित 大阪市立阿倍野市民学習センター (ओसाका सिटी आबेनो सिटिजन्स लर्निङ सेन्टर)
ओसाकामा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सप्पन्न खुसी बाँडे खुसी बढ्छ प्रवास September 4, 2026September 4, 2026 ओसाका, जापान। भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मालिका समाज जापान, क्षेत्रीय समिति कान्साईको आयोजनामा ओसाकामा “श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम” सम्पन्न भएको छ। “मालिकाको काख, धौलागिरिको छाया, जहाँ हौं गएपनि, जहाँ रहेपनि जन्मभूमिको माया” भन्ने भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सहभागिता रहेको
रसुवा बाढीपीडितलाई जापानबाट ठूलो सहयोग, इओनद्वारा ५० हजार अमेरिकी डलर खुसी बाँडे खुसी बढ्छ प्रवास September 3, 2026 टोकियो/जापान। नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि जापानबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ। जापानको इओन वन पर्सेन्ट क्लब फाउन्डेसनले बाढीपीडितका लागि ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ। फाउन्डेसनका अध्यक्ष हिरोयुकी वातानाबेले टोकियोस्थित नेपाली राजदूतावास पुगेर उक्त सहयोग प्रदान गर्ने प्रतिबद्धता
मातृभूमिको पीडामा जापानवासी नेपालीको साथ : बाढीपहिरोपछि तीजका कार्यक्रम रद्द हुँदै प्रवास September 2, 2026 ओसाका, जापान। नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि मातृभूमिको दुःखमा ऐक्यबद्धता जनाउँदै जापानका विभिन्न स्थानमा आयोजना हुन लागेका हरितालिका तीज विशेष कार्यक्रमहरू रद्द तथा स्थगित हुने क्रम बढेको छ। नेपालका विभिन्न क्षेत्रमा बाढीपहिरोले जनजीवन प्रभावित बनाएको र धेरै परिवार दुःख तथा पीडामा रहेको अवस्थामा तीजको नाचगान र मनोरञ्जनभन्दा विपत्तिमा
बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिले तीज विशेष कार्यक्रम गर्दै खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन August 5, 2026August 5, 2026 ओसाका। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समिति ले "तीज विशेष कार्यक्रम–२०२६" आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२६ अगस्ट ३० तारिख बेलुका ४:०० बजेदेखि ओसाकास्थित अबेनो कुमिन सेन्टर (阿倍野区民センター) मा सम्पन्न हुनेछ। कार्यक्रममा चर्चित गायिका सिता परियार, गायक प्रेम सापकोटा ‘सोनु’, कलाकार सम्झना लामिछाने
नवलपुर समाज जापान, कान्साईको आयोजनामा ओसाकामा ‘तीज फेस्टिभल २०२६’ हुने खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन July 25, 2026July 25, 2026 ओसाका, जापान ।नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नवलपुर समाज जापान, कान्साईको आयोजना तथा BJN International को विशेष सहयोगमा ओसाकामा ‘तीज फेस्टिभल २०२६’ आयोजना हुने भएको छ। आगामी सेप्टेम्बर १२ तारिख शनिबार आयोजना हुने तीज विशेष कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी कलाकार रामजी खाँड, देवी घर्ती र टीका सानुको