नवलपुर समाज जापानको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरि प्रसाद कँडेल प्रवास October 3, 2026 ओसाका, जापान। नवलपुर समाज जापानको पाँचौँ अधिवेशनले हरि प्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार जापानको ओसाकामा सम्पन्न पाँचौँ अधिवेशनबाट कँडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष मुक्तिराम खनाल (विनोद) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रकाश सापकोटा, लक्ष्मी सापकोटा र सुरेश सापकोटा (डीपी) लाई चयन गरेको छ। त्यस्तै, महासचिवमा विश्वास आचार्य, सचिवमा कृष्ण भुसाल र सहसचिवमा रमेश कँडेल चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी शंकर भुसाल र सहकोषाध्यक्षको जिम्मेवारी प्रेम ब्युरेलाई दिइएको छ। कार्यसमिति सदस्यहरूमा मणि सापकोटा, नवीन सापकोटा, अम्बिका अर्याल सापकोटा र प्रदीप काजी श्रेष्ठ चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिले जापानमा रहेका नवलपुरवासीबीच आपसी एकता, सहकार्य र सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै संस्थालाई अगाडि बढाउने अपेक्षा गरिएको छ।