रोमबाट किट्सलाई पच्छाउँदै लन्डनसम्म नियात्रा साहित्य August 19, 2021 -कृष्ण बजगाईं ‘यहाँ एक जना हुनुहुन्छ जसको नाम पानीमा लेखिएको थियो ।’ एक रोमान्टिक कवि आफ्नो समाधिस्थलको शिलामा उपरोक्त कुरा मात्र होइन आफ्नो नाम र जन्म मितिसमेत गोप्य राखियोस् भन्ने इच्छा राख्छन् । उनकै इच्छाअनुसार बनाइएको समाधिस्थल संसारभरका कवि तथा साहित्यकारको तीर्थस्थलको रुपमा ख्याति कमाएको थाहा पाउँदा आश्चर्य चकित हुन्छु ।