You are here
Home > मनोरञ्जन > दक्षिणकाली दोस्रो बोसन महोत्सवको सम्पूर्ण तयारी पुरा, महोत्सव चैत्र ३० र बैशाख १ गते हुने ।

दक्षिणकाली दोस्रो बोसन महोत्सवको सम्पूर्ण तयारी पुरा, महोत्सव चैत्र ३० र बैशाख १ गते हुने ।

काठमाडौं फर्पिङ। दक्षिणकाली नगरपालिका वडा नं १ मा रहेको फुटबल चौर बोसनमा दोस्रो बोसन महोत्सव चैत्र ३० र बैशाख १ गते हुने दक्षिणकाली नगरपालिकाका प्रमुख तथा दक्षिणकाली बोसन महोत्सवका संयोजक मोहन बस्नेतले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । मेयर बस्नेतले काठमाडौबाट नजिक रहेको दक्षिणकाली नगरपालिका धार्मिक, सांस्कृति, एतिहासिक र प्रर्यटनका हिसावले अत्यन्त महत्वपूर्ण ठाउँ रहेको बताउदै यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई यस ठाउँको धार्मिक, साँस्कृतिक, प्राकृतिक, एतिहासिक, भौगोलीकका बिषयमा जान्ने अवसर मिल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका उपप्रमखु बसन्ती डंगोल तामाङले पहिलो बोसन महोत्सवले यस क्षेत्रमा देखिएको परिवर्तनलाई मध्यनजर गर्दै दोश्रो बोसन महोत्सवबाट यस क्षेत्रको प्रचार प्रसार गर्नुका साथै महोत्सव एउटा मनोरञ्जन मात्र नभई यस ऐतिहासिक स्थानको सबैतिर प्रचार गर्न र स्थानीय क्षेत्रमा संचालित कृर्षि, हाटबजार, कोशेली घर, होटल, साहाशीक खेल स्थान आदीलाई चीनाउन यो महोत्सव आयोजना गरिएको बताउनु भयो ।

दक्षिणकाली नगरपालिका वडा नं १ मा संचालन हुन लागिरहेको दोश्रो बोसन महोत्सवलाई आफ्नो वडा र आफुले सक्ने सहकार्य गरिरहेको अध्यक्ष जय थापा मगरले बताउनु भयो ।
दुई दिन सम्म संचालन हुने उक्त महोत्सवमा स्थानिय परिकार, स्थानीय स्तरबाट उत्पादित सामाग्रीहरु, साँस्कृति झल्काउने विभिन्न नृत्यहरु, स्थानिय कलाकारहरुको प्रस्तुती, राष्ट्रिय चर्चित गायक गायिकाहरुको प्रस्तुती रहने चम्पादेवी पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष महेश तामाङले पत्रकार सम्मेलनमा जानकारी गराउँनु भयो ।

पत्रकार सम्मेलनमा महर्षि वैदिक इन्सीच्युटका दिपक बास्कोटा, केभिन रोहन प्रतिष्ठानका अध्यक्ष कृष्ण गुरुङ, समाजसेवी विनोद गुरुङ लगायतले आफ्नो धारणा राख्नु भएको थियो । पत्रकार सम्मेलनमा विभिन्न टोल विकास समितिका पदाधिकारीहरु, महिला समूहका प्रतिनिधीहरु, सुरक्षाकर्मी, वुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Top