You are here
Home > समाचार > नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले मनायो २९ औं बार्षिक उत्सव

नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले मनायो २९ औं बार्षिक उत्सव

नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले २९ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को अवस्थालाई मध्यनजर गरी घरेलु, साना तथा मझौंला उद्योगमा परेको प्रभाव र समाधानको उपायबारे ‘उद्योगीहरुका लागि भविश्य निर्माण र लक्ष्य निर्धारण’ सम्बन्धी अभिमुखिकरण भर्चुअल प्रविधि मार्फत मनोपरामर्श गराइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाका अध्यक्ष सुबसना श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै महासंघ केन्द्रिय अध्यक्ष गिरीले कोभिड १९ को असहज परिस्थितिमा समेत काभ्रे शाखाले २९ औं बार्षिक उत्सवको अवसर पारेर उद्योमीहरुमा परेको समस्या, समाधान र भविश्य निर्माणका क्रममा आइपर्ने समस्याको समाधान गर्नु पर्ने विषयको अभिमुखिकरण गराइएकोमा काभ्रे शाखालाई बधाईका साथ कृतज्ञता ज्ञापन गर्नु भएको थियो । घरेलु, साना तथा मझौंला उद्योगमा कोभिड १९ का कारण परेको प्रभावका बारेमा मन्त्रालयमा जानकारी गराई समस्या समाधानको लागि पहल भैरहेको समेत जानकारी गराउनु भयो ।
यसै विच महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंहले वर्तमान समयमा एक आपसमा सहकार्य गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो । विगतको स्मरण गराउँदै महासंघ यस स्थानसम्म आइपुग्नुमा संस्थापन पक्ष र मार्गदर्शकको भूमिकालाई सम्झनु पर्ने बताउनु भयो ।
महिला उद्यमी समितिका अध्यक्ष अन्जु सिबा उपाध्यायले वर्तमान समयमा भर्चुअल प्रविधि मार्फत उद्यमीहरुका लागि गराइएको अभिमुखिकरण निक्कै प्रभावकारी रहेको बताउनु भयो ।

ज्ञान, अध्यन, शिप र आर्थिक व्यवस्थापनले नै उद्यमीहरुलाई अगाडी बढाउन प्रेरित गर्ने महासंघका कोषाध्यक्ष सत्य नारायण प्रजापतीले बताउनु भयो ।

मन्तव्यकै क्रममा महिला उद्यमी समितिको वरिष्ठ उपाध्यक्ष रोसनी उपाध्ययाले उद्यमीहरुको हौसला प्रदान गर्न आयोजना गरिएको ‘उद्यमीहरुको लागि भविश्य निर्माण र लक्ष्य निर्धारण’ अभिमुखिकरण कार्यक्रमलाई ७७ वटै जिल्लामा लग्नु पर्नेमा सुझाव दिनुभएको थियो ।
झण्डै दुई घण्टाको प्रशिक्षण अभिमुखिकरण खुशी बाडे खुशी बढ्छका संयोजक, दीपश्री क्रिएटिभ मिडियाका निर्देशक, पत्रकार दिपक लामिछानेले उद्यमीहरुको लागि महत्वपूर्ण विषयमा अभिमुखिकरण गराउनु भएको थियो । सबैको साथ र मार्गदर्शनले नै संस्थाले २९ औं बार्षिक कार्यक्रम सम्पन्न गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमी समितिका उपाध्यक्ष चन्दा श्रेष्ठले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो । सो कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरका अध्यक्ष तथा प्रदेशका सदस्यहरुको प्रतिनिधित्व रहेको थियो । ३५ जना सहभागी रहेको उक्त कार्यक्रमलाई रमन श्रेष्ठले संचालन गर्नु भएको थियो । यति महत्वपूर्ण अभिमुखिकरण कार्यक्रम सबै उद्यमीहरुमा पुग्नु पर्ने सहभागीहरुको सुझाव रहेको थियो ।

Leave a Reply

Top