You are here
Home > मनोरञ्जन > रोमान्स र कमेडी फिल्ममा दयाहाङ सौगातको मित्रता ‘दुई नम्बरी’

रोमान्स र कमेडी फिल्ममा दयाहाङ सौगातको मित्रता ‘दुई नम्बरी’

२५श्रावण,काठमाडौं । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ
रहेका छन् ।

दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । गाउँको परिवेशमा कमेडी कथा बुनिएको फिल्मले मित्रताको कथा भन्छ । यसमा रोमान्स र मानवीय अन्तरद्वन्द्व कथा पनि रहेका छ ।
घामपानी र छ माया छपक्कै फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्मले मित्रताको कथा पेश गर्छ । भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो । दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माता हुन् । पूर्वनिर्धारित मिति असोज कात्तिक ४ बाट फिल्म सरेपछि अर्को फिल्म ‘के घर के डेरा’लाई राहत मिलेको छ ।

Leave a Reply

Top