You are here
Home > मनोरञ्जन > आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित

आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित

२५श्रावण,काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । डीबीआर मिडिया एण्ड मुभिजले निर्माण गर्न लागेको ‘सायरा’मा उनी जोडिन लागेका हुन् ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सामाजिक र प्रेम सम्बन्धको कथावस्तुमा निर्माण हुने जनाइएको छ । फिल्ममा लिखित सहमतिपछि कुरा गर्दै सिग्देलले कथावस्तुका कारण आफू आकर्षित भएको बताएका थिए ।असोजदेखि नेपाल र अस्ट्रेलियामा फिल्मको छायांकन सुरु हुने तयारी छ । दशैं र तिहार छेकोमा सुटिङ तयारी भएको उनले बताए ।‘हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौं । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ,’ रघुले भने ।फिल्मका अन्य कलाकारबारे खुलाइएको छैन ।

Leave a Reply

Top