मनको पीडा कविता साहित्य October 31, 2021 -रजनी खत्री तिमीले भनेकै केटासँग बिहे गरी गएँ आमा तिम्रो इज्जत अनि प्रतिष्ठा राखिदिएँ आमा पराइघरको बुहार्तन अनेकौं सहिरहें आमा कति साँझ पकाउने सामान नहुँदा भोकभोकै पेट कसेर रातभरि रोएँ आमा सबै पीडा भुलेर खुलेर हाँस्न चाहेँ त्यो पनि स्वतन्त्रता थिएन आमा बातबातमा धनी बाउकी पुलपुलिएकी छोरी भने तर पनि कसैलाई जवाफ लाइन आमा तिम्रो संस्कार लिएर आएँ सबै वचन सहें आमा चाडपर्व, तिथि श्राद्धमा आफनै जन्मदिनमा पनि कुटाइ खाएँ आमा तर पनि तिमीलाई पीडा हुन्छ भनी केही सुनाइन आमा ! काठमाडौं