You are here
Home > प्रवास > जापानको नागानो प्रीफेक्चरद्वारा एनआरएनए कान्साइ सम्मानित

जापानको नागानो प्रीफेक्चरद्वारा एनआरएनए कान्साइ सम्मानित

दीपश्री अन्लाईन/ कान्साइ

ताइफुको मारमा परेका नागरिकलाई खाना खुवाएर सहयोग गरेको भन्दै जापानको नागानो प्रीफेक्चरले एनआरएनए जापान क्षेत्रीय समिति कान्साइलाई सम्मान पत्रद्वारा सम्मानित गरेको छ।

सुजाका सी का मेयरले ताइफुको कारण समस्यामा रहेका आफ़ना नागरिकलाई एनआरएनए कान्साइ क्षेत्रले आधारभूत आवश्यकता अन्तर्गतको नेपाली खाना खुवाएर महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रद्वारा सम्मानित गरेका हुन।

जापानीको दुःख र बिपत्तिमा नेपालीहरुले उनीहरूको चहराइ रहेको घाउमा मलमपट्टी लगाउने र दुःख र विपत्तिको समयमा सँगसंगै छौ भन्नका लागि जस्तो परिस्थितिमा पनि आधारभूत सहयोगका सामग्री सहितको उपस्थितिले जापानीहरूको मन जित्दै ग़ैरहेको छ ।
संगठित रूपमा रहेको नेपालीहरुको अभिभावकीय संस्था एनआरएनए क्षेत्रीय समिति कान्साईले २०१९ अक्टोबरको २१ तारिक नागानो प्रान्तको सुजाका सि मा भएको ताइफुबाट प्रभावित २०० बढि त्यहाका नागरिकलाई नेपाली स्वादको खाना उपलब्ध गराएको थियो ।
एनआरएनए कान्साईले नेपालीलाई परेका समस्याको समाधानको लागि र सेवामूलक सूचना र जानकारी दिने काममा दिनरात नभनि खटि नै रहेको थियो । “कर्म गर फलको आशा नगर” भन्ने मान्यताका साथ आफ्नो कार्यमा तल्लिन एनआरएनए कान्साइलाई त्यो ताइफुमा गरेको सहयोगका लागि गरेको सम्मानबाट आफूहरुलाई अझै उत्साहित बनाएको संयोजक दिलिप शर्माले बताए ।

सो क्षेत्रमा गत अक्टोबर २१ मा ताइफुद्वारा ठूलो क्षति पुर्याएको थियो । सो क्षेत्रका जापानी नागरिकको दुःखमा एकाकार भै सक्दो सहयोग गर्नका लागि एनआरएनए कान्साइका वर्तमान उप समयोजक विष्णुप्रसाद सापकोटाको नेतृत्वमा वर्तमान संयोजक दिलिप शर्मा एनआरएनए जापानका केन्द्रीय सदस्य दिलिप कंडेल गलकोट समाज जापानका सल्लाहकार जगत थापा, रामचन्द्र गैरे, रामचन्द्र काफले लगायतको सहभागितामा ताइफुबाट प्रभावित र पिडित परिवारलाई खाना खुवाईएको थियो ।

निवर्तमान संयोजक तथा वर्तमान एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण गैरेले सम्मान ग्रहण गर्दै ताइफुको मारमा परेका जापानी नागरिकलाई सहृदयीपूर्वक सहयोग कार्यमा ख़ट्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरे । यस्तै हरेक कार्यमा सहकार्य गर्नका लागि मेयरसँग आग्रह समेत गरे ।

जापानमा प्राकृतिक र आकस्मिक प्रकोपमा परेको बेला सूचना प्रवाहका साथै अत्यावश्यक सामग्री र स्वयम सेवामा योगदान गरेको भन्दै गुन्मा केनले नेपाली साझा समाज र महेश लुईटेललाई राष्ट्रिय अवार्डबाट सम्मानित गरिसकेको छ ।

गैर आवासीय नेपाली संघप्रति नेपाली समुदायलाई चासो र चिन्तन जागरूप गराउदै जापानबासी नेपालीहरुमा सचेतनामूलक कार्यक्रम गर्नका लागि एनआरएनए क्षेत्रीय समिति कान्साईले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
आफ्नो २०११-२०२३ को कार्यकाललाई उपलब्धीमूलक बनाउदै जापानस्थित नेपाली समुदायमा सचेतनामूलक कार्यक्रमका लागि बिमा सम्बन्धी अनलाइन सेमिनार,तोकुतेइ गिनोउ सम्बन्धी अनलाइन सेमिनारको लगायतका कार्यक्रम आयोजना गरिरहेको संयोजक दिलिप शर्माले जानकारी दिए ।

Leave a Reply

Top