के यो लडाईमा तपाईहरूले मतदाताहरूको मन जित्नुपर्दैन? प्रवास विचार August 6, 2021 -दिलिप शर्मा गैरे धेरै दिन चुप लागेर सबैका कुरा सुनियो,पढियो कतिपय कुरा मनन योग्य पनि रहे तर कतिपय कुरा अनुत्तरित रहे त्यसैले केहि लेख्ने जमर्को गर्दै छु।यो लेख्नुको आशय कसैलाई समर्थन गर्नु या कसैको विरोध गर्नु पटक्कै होईन।कहि कतै मेल खान गएमा संयोग मात्र हुनेछ।त्यसबाट पर्नगएको असुविधा प्रति क्षमाप्राथी छु। १)एनआरएनए जापानको लामो ईतिहासमा अहिले सम्मकै जटिल परिस्थिति बाट गुज्रदै गरेको भन्ने टिप्पणीहरू यदा कदा सुनिने गर्छन।के यो परिस्थिति अहिले मात्रै सृजना भएको होत?के तपाईहरू लामो समयदेखि अनवरत लागेको एनआरएनएमा यो अवस्था हिजो को दिनमा थिएन र? यदि थियो भने हिजो के गर्नु भयो र आज के गर्दै हुनुहन्छ?हिजोको दिनमा केहि ठोस कदम नचाल्नु र आज यसरी लाग्नुमा कारण के होला?हार पछिको मानसिकता या अभियान सुद्धीकरण?यदि अभियान सुद्धिकरणका लागि हो भने किन रचनात्मक र सृजनात्मक भन्दा बढी तडक फडकको शैलीमा तपाईहरूका लेख,टिप्पणी र विचारहरू सामाजिक संजालमा यंत्र-तत्र छन?यसले कसलाई फाईदा पुगेको छ?हिजोसम्म यहि अभियान अदित्तिय ज्ञानको भण्डार लाग्ने तपाईहरू आज भन्दै हुनुहन्छ कि यो अपराधीक मानसिकता बोकेका झुण्डहरूको समूह अनि हामीहरूले पताईदिनुपर्ने? २)अहिले बजारमा अर्को हल्ला छ एक जना व्यक्तिले १० वटा भन्दा कम मतदान गर्न सक्ने भन्ने सहमति भएको थियो तर सहमति विपरीत त्यो भन्दा बढी मत हालीयो भन्ने छ।यदि साँच्चिकै भन्ने हो भने एउटा व्यक्तिले एउटा मत भन्दा हाल्नुहुन्न भन्ने विश्वव्यापी मान्यता तपाईहरूलाई थाहा थिएन र?सियो चोर्ने पनि चोर दरबार चोर्ने पनि चोर भनेजस्तै आफ्नो मत आफूले भन्दा अरूले हाल्न पाउदैन बरू कम मत झरोस किन भन्न सक्नुभएन?ल ठिक छ तपाईहरू सबैका आ-आफ्ना स्वार्थ मिले होलान सहमति गर्नुभयो होला त्यसो हो भने त्यो कुराको जानकारी कुन माध्यमबाट मतदातालाई गराउनु भयो त?म कान्साईको संयोजक मेरै क्षेत्रबाट उठेका र अहिले जितेका वा हारेका कुनै उमेदवारहरूले पनि यो बारेमा जानकारी दिनुभएको छैन!अनि अहिले आएर हामीलाई थाहा नदिई तपाईहरूका कोठा भित्र भएका सहमतिहरूलाई ए होरहेछ भनेर भनिदिनु पर्ने? ३)अहिले तपाईहरू लगभग सबैले निर्वाचन आयोगलाई र निर्वाचन समितीलाई आरोप लगाईराख्नुभएको छ।तर याद गर्नुस उमेदवारहरूसंगको अन्तिम बैठकमा उहाले भनेका कुराहरू “ हामीलाई अरू कोहि ठूलो होईन।हामीलाई तपाई उमेदवारहरू सबैभन्दा ठूलो हो त्यसैले यदि तपाईहरूको एकता हुन्छ र तपाईहरू एकमत भएर निर्वाचन रोक्ने आदेश लिएर आउनुहुन्छ भने हामी सहर्ष निर्वाचन रोक्न सक्छौ,होईन भने हामीलाई जे आउछ त्यहि अनुसार अगाडी बढ्नुपर्नेहुन्छ भन्दा एक जना अध्यक्षको उमेदवार दाई सरोज कुमार खत्री भन्दा कसैले पनि किन आवज उठाउन सक्नुभएन? सरोज कुमार खत्रीले मैले यो निर्वाचन रोक्नका लागि अध्यक्ष मण्डललाई निवेदन दिएको छु तपाईहरू पनि दिनुस भन्दा किन एक भएर निवेदन दिन सक्नुभएन?? १७०० मेल परिवर्तन भएर सच्याउनका लागि गुगल फार्म आईरहदा समेत उल्टो सरोज कुमार खत्रीलाई नै यो यस्तै हो भनेझै गरि के छ प्रमाण भन्नेहरूको लगनपछिको पोते जसरी गरिएको एकताले के परिणाम ल्याउन सक्ला त!!भन्ने आमजनमानसको संकालाई कसरी विश्वास दिलाउनुहुन्छ?? ४)के तपाईहरू सबैको एउटै साझा एजेण्डा छ त?आनतरिक रूपमा केहि सिमित उमेदवारहरू मलाई भोट हालेनन,धोका भयो भन्दै तिक्तता पोखिराख्नुभएको छ र अर्कातिर धांधली भयो भनि चर्को स्वरमा कुर्लिराख्नुभएको छ।यदि भोट हालेनन भन्ने थाहा छ भने किन हार मानेर धांधली भएको होईन भन्न सक्नुहुन्न।यदि धांधली भएकै हो भन्ने प्रमाण छन पुस्टी गर्नसक्छौ भन्ने लाग्छ भने किन मतदाताहरूलाई नै अपमान गर्नेगरि अभिव्यक्तिहरू सामाजिक संजाल तथा व्यक्तिगत कुराकानीहरूमा व्यक्त गर्नुहुन्छ???के यो लडाईमा तपाईहरूले मतदाताहरूको मन जित्नुपर्दैन? ५)मलाई पनि यो परिणामले पूर्ण सन्तुष्टि नमिलेको हुनसक्छ किनभने कतिपय पराजित उमेदवारहरूसंग मेरो मित्रभाव छ,कतिपय प्रति सम्मान छ र कतिपय प्रति असन्तुष्टी पनि छ यो गौण कुरा हो तथापि साच्चिकै यो अभियान सुद्धिकरणका लागि हो भने मेरो पनि साथ छ तर त्यसको लागि यो लडाई रचनात्मक अनि सकारात्मक हुनुपर्छ,कुनै पनि बाहानामा संस्थाको गरिमा माथि प्रहार हुनुहुदैन र आँच आउनु हुदैन भन्ने मेरो ठम्याई हो।यसो भन्दै गर्दा तपाईहरू कसैलाई भ्रम नपरोस कि मलाई भोलीका लागि असहयोग होला कि भन्ने डरले म यो भन्दै छु पटक्कै होईन किनभने न मलाई कुनै कुरा पाउने आशा र अभिलाषा छ न मलाई केहि चिज गुमाउने सन्त्रास। अन्त्यमा यहाँ कोहि पूर्ण सत्य छैन,यहाँ कोहि पूर्ण असत्य पनि छैनन,यहाँ कोहि पूर्ण सामाजिक छैनन र यहाँ कोहि असमाजिक पनि छैनन।यहाँ सबैका आ-आफ्ना कम्जोरी छन,आ-आफ्ना क्षमता पनि छन।सबैले सबैको सम्मान गरौ। समाज विभिन्न फूलहरूको बगैचा हो भन्ने कुरा मनन गरौ।यो शुद्धीकरणको अभियानमा सम्बन्धीत निकायले निस्पक्ष छानबीन छिटो गरोस सत्य तथ्य बाहिर ल्याएर दोषिलाई कार्वाहि गरि नया कार्यसमितिलाई वैधानिकता प्रदान गरोस।जय एनआरएनए। (दिलिप शर्मा गैरे एन आर एन कान्साइका संयोजक हुनुहुन्छ )