पशुपतिप्रसादको दोस्रो श्रृंखला ‘भष्मे डनको विशेष प्रदर्शन जापानको ओसाका र कोबेमा हुदैं प्रवास मनोरञ्जन September 27, 2023September 27, 2023 ओसाका, जापान । फिल्म ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’को विशेष सो जापानको ओसाका र कोबेमा हुने भएको छ। यही अक्टोबर २७ मा ओसाका र ३० तारिकमा कोबेमा फिल्मको प्रदर्शन गर्न लागेको ओएनएस गु्रपका संयोजक तेज गुरुङले बताउनु भयो । जापानको ओसाकामा विगत आठ वर्ष देखी विभिन्न मनोरञ्जन र सामाजिक कार्य गर्दै आएको ओएनएस गु्रपले सो विशेष सो गर्न लागेको हो । ओसाका र कोबेमा एक पटक मात्र प्रदर्शन हुने उक्त चलचित्र हेर्न जापान बासी नेपालीहरुमा अनुरोध गर्दै सयोजक गुरुङले भन्नु भयो । व्यवसायिक र समीक्षात्मकरुपमा रुचाइएको पशुपति प्रसाद २ को यो पहिलो स्पिनअफ फिल्म हो । जसअनुसार कथावस्तु भष्मे डनको पात्रमा आधारित छ । फिल्मका प्रमुख पात्र भष्मे डनको भूमिकामा अभिनय गरेका विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ लगायतका कलाकाहरुको अभिनय रहेको सो चलचित्र निकै नै प्रतिक्षारत रहेको बताईएको छ । नेपालमा भने आगामी बडादशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने जनाइएको छ ।