You are here
Home > साहित्य > कविता > विद्यार्थीको आत्मा

विद्यार्थीको आत्मा

      तीज गीत

आनन्द पौड्याल

कहाँमा जान्छौ विद्यार्थीका हुल ?

बरिलै ज्ञान मन्दिर टाढा भो

घरभित्र बसेर तिमी के के गर्दछौ ?

बरिलै बत्ती नेट खोल्दछौं

बत्ती नेट खोलेसी के के पढ्न पाइन्छ ?

बरिलै सिक्ने जति हरेक

पढाइको समय के के कुरा चाहिन्छ ?

बरिलै जुम आइडी, पासकोड

सुसाङ्ख्यमा हेरेर के के कार्य गर्दछौ ?

बरिलै सुन्ने, बोल्ने, पढ्ने, लेख्ने

तिमी बस्ने कोठामा के के सिक्न पाइन्छ ?

बरिलै मस्तिष्कले भ्याएसम्म

गुरुसँग जोडिइ के के सिक्ने गर्दछौ ?

बरिलै दैनिक पाठ्यविषय

दिनदिनै पढेर के के कुरा जान्ने हो ?

बरिलै किताबका बाँकी शीर्षक

पढाइको धुनमा के के सोच बनायौ ?

बरिलै समयको माग बमोजिम

समयको महत्ता बुझी के के सिक्दछौ ?

बरिलै क्षमताले सीप बढाउँने

बोल्दै, सुन्दै, लेख्दै र पढाइ सकी के गर्छौ ?

बरिलै शरीर तन्क्याई हिँड्दछौँ

कदम पो बढाए के स्फूर्ति आउला ?

बरिलै स्वच्छ हावा पाइने

स्वच्छ हावा पाउँदा अनुभूति के भयो ?

बरिलै चङ्गा भयो शरीर

चङ्गा शरीर बनाइ अरु के के सिक्ने हो ?

बरिलै क्षमताको विकास

असल ज्ञानी बन्न पो के के चिज चाहिन्छ ?

बरिलै शिखर छुने अनुशासन

ज्ञानको ज्योति बालेर कस्तो व्यक्ति बन्ने हो ?

बरिलै समृद्धिमा देश पुर्याउँने ।

२२ भदौ, २०७८  

                 काठमाडौं

 

 

Leave a Reply

Top