You are here
Home > खुसी बाँडे खुसी बढ्छ > ७० वर्षे मित्रता उत्सव: जापानी गायिका सुन्दरी मिकाको ओसाकामा विशेष कार्यक्रम

७० वर्षे मित्रता उत्सव: जापानी गायिका सुन्दरी मिकाको ओसाकामा विशेष कार्यक्रम

-ओसाका, जापान ,

सन् २००४ मा तत्कालीन राजा Gyanendra Bir Bikram Shah Dev द्वारा ‘गोर्खा दक्षिण बाहु’ पदकबाट सम्मानित प्रसिद्ध जापानी गायिका Mika Takagi (सुन्दरी मिका) ले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने घोषणा गर्नुभएको छ।

Becoming One Family — एउटै परिवार बन्ने दिन” शीर्षकमा आयोजना हुन लागेको उक्त कार्यक्रममार्फत दुई देशबीचको सांस्कृतिक, सामाजिक तथा भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

२० वर्षअघि ५०औँ वार्षिकोत्सव सफलतापूर्वक आयोजना गरिसक्नुभएकी मिकाले यसपटक ७० वर्षको ऐतिहासिक अवसरलाई विशेष रूपमा मनाउन लाग्नुभएको हो।

कार्यक्रममा जापानी तथा नेपाली कलाकारहरूको संयुक्त साङ्गीतिक प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ। साथै, पुरस्कृत लघु चलचित्र “बागमती रिभर” को प्रदर्शन र नेपाली पारिवारिक मूल्यमान्यताबारे अन्तरक्रियात्मक छलफल पनि समावेश गरिनेछ।

यस कार्यक्रमको मुख्य प्रायोजन Blanka Montino ले गरेको छ, जसले नेपाली महिलाहरूले उत्पादन गरेका फेल्ट सामग्रीहरू जापानका विभिन्न पर्यटकीय क्षेत्रमा प्रवर्द्धन गर्दै रोजगारी सिर्जना र द्विपक्षीय सम्बन्ध सुदृढ गर्न सहयोग पुर्‍याउँदै आएको छ।

“नेपाल र जापानबीचको सम्बन्ध ७० वर्षमा एउटा परिवार जस्तै बनेको छ। यो कार्यक्रममार्फत यही आत्मीयतालाई फेरि एकपटक उत्सवका रूपमा मनाउन चाहन्छु,” गायिका मिकाले बताउनुभयो।

कार्यक्रम मे ३, २०२६ (आइतबार) का दिन ओसाकास्थित Outenin Temple मा दिउँसो ३:३० बजेबाट सुरु हुने जनाइएको छ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक ‘सुन्दरी मिका प्रोजेक्ट’ मार्फत सम्पर्क गर्न सकिने बताइएको छ।जसका लागि   इमेल र सम्पर्क नम्बर रहेको छ: sundarimusic.info1@gmail.com फोन: 080-3786-5498

Leave a Reply

Top