You are here
Home > प्रवास > कान्साइमा स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा सेप्ट्म्बर १० तारिकमा हुने तिज धमाका २०१८ को तयारी पुरा

कान्साइमा स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा सेप्ट्म्बर १० तारिकमा हुने तिज धमाका २०१८ को तयारी पुरा

स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा सेप्ट्म्बर १० तारिक ओसाकाको आबेनो कुमिन सेन्टेर तेन्नोजीमा हुन लागेको तिज धमाका २०१८ को तयारी पुरा भएको छ। शिक्षा र खेलकुदमा लगानिको प्रतिबद्धता “भन्ने मूल नारा बोकेको स्टार ग्रूप ,गैरे सेवा समाज र एन आर एन कान्साईको संयुक्त प्रस्तुति तिज धमाका २०१८ गल्कोट समाज कान्साई र ओ.एन.एस ग्रूपको सहयोगमा हुदैछ।
कान्साइमा रहेका बिभिन्न संस्थाहरु सामुहिक सहकार्य गर्दै अगाडि बद्ढै छन भन्ने सकारात्मक् सन्देश दिन स्टार ग्रुप,गैरे सेवा समाज र एन आर एन कान्साइले संयुक्त रुपमा कार्यक्रम गर्न लागेको आयोजकहरुले जानकारी दिएका छन।कार्यक्रममा नेपालका चर्चित कलाकारहरु अनिता चलाउने,भागीरथ चलाउने , भूमिका गिरि र तारापती  सुबेदीको धमाकेदार प्रस्तुती रहनेछ भने स्थानिय कलाकारहरु कुलबिर थापा र दिनेश केसीको समेत प्रस्तुती रहने छ। कार्यक्रम २०१८ सेप्टेम्बर १० तारिक आबेनो कुमिन सेन्टरमा बेलुका ४:३० बजेबाट शुरु हुने छ। दीपश्री क्रियटिभ मिडिया अफिसियल मिडिया रहेको उक्त कार्यक्रम संचारकर्मी पुरुषोत्तम लामिछानेले संचलन गर्ने छन ।

Leave a Reply

Top