नागरिकको निःशुल्क स्वास्थ्य बिमा महालक्ष्मी नगरपालिका समाचार May 25, 2022May 25, 2022 धनकुटाको महालक्ष्मी नगरपालिका नवनिर्वाचित मेयर ध्रुव रायले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वाथ्य बिमा गरिदिने हुनु भएको छ । नवनिर्वाचित मेयर ध्रुव रायले औपचारिक पदभार ग्रहण गर्दै विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । महालक्ष्मी नगरपालिकामा स्थायी बसोबास गर्ने विपन्न परिवार, अल्पसंख्यक, दलितको नि:शुल्क स्वास्थ्य बिमा गराइने नवनिर्वातिच मेयर ध्रुव रायले बताउनुभयो