You are here
Home > समाचार > दक्षिणकाली नगरपालिका जनप्रतिनिधिहरुको सपथ तथा पदभार ग्रहण

दक्षिणकाली नगरपालिका जनप्रतिनिधिहरुको सपथ तथा पदभार ग्रहण

दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम हिजो (आइतबार) सम्पन्न भएको छ । स्थानिय तहको दोस्रो निवार्चनमा जनप्रतिनिधिको रुपमा आउँनु भएका ९ ओटै वडाका जनप्रतिनिधिहरुलाई सपथ तथा पदभार ग्रहण गरिएको हो । उक्त कार्यक्रम फर्पिङमा सम्पन्न भएको थियो । ९ ओटै वडाका वडा अध्यक्ष्य , वडा सदस्याहरुलाई सपथ तथा पदभार गरिएको थियो ।
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतज्यु र उपमेयरको रुपमा बसन्ति तामाङज्यु रहनु भएको छ । वडा न. १ मा अध्यक्ष्य जय थापा मगर , २ मा रामचन्द्र क्षेत्री , ३ मा शिव भक्त बलामी ४ मा पुस्कर खड्का ५ मा श्याम बहादुर खत्री , ६ शंकरमान मर्हजन , ७ मा हरि प्रसाद तिमल्सेना , ८ मा राजकुमार लामा र ९ मा अम्रिका बलामी रहनु भएको थियो ।

Leave a Reply

Top