हनामिजुकी ट्रेनिङ्ग प्रा लि द्वारा नयाँ वर्षको शुभकामना तथा अभिभावक–विद्यार्थी अन्तरक्रिया कार्यक्रम सम्पन्न समाचार April 20, 2025April 20, 2025 हनामिजुकी ट्रेनिङ्ग प्रा लि द्वारा नयाँ वर्षको शुभकामना तथा अभिभावक–विद्यार्थी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जापान र नेपालबीचको मित्रता अझ बलियो बनाउने र नेपालबाट जापानमा रोजगारीको सिलसिलामा जान चाहानेहरुले नेपाल रहदा नै जान्नै पर्ने आभारभूत विषयमा केन्द्रित रही अन्तरक्रिया गरेको थियो । हनामिजुकी ट्रेनिङ्ग सेन्टरले रोजगारीको सिलसिलामा जापान गहिरहेका विद्यार्थीमा देखिरहेको समस्या र चुनौतिलाई नेपालमानै त्यसको समाधान खोज्न सकिने विषयमा विभिन्न विद्यार्थी तथा अभिभावकहरूका विच जानकारी गराएको थियो । लामो समयदेखी नेपाललाई माया गर्दै विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा आवद्ध रहनुभएका जापानीज नागरिक एचुको कानेको, ओनो खाजुओ र रिए उएनोले जापानमा रोजगारको रुपमा जानु पूर्व धेरै तयारी गर्नुपर्नेमा जोड दिनुभयो । आफुहरु नेपालसँग विगत चालिस बर्ष देखी विभिन्न क्षेत्रमा समन्वय गर्दै आइरहेको जानकारी गराउँदै आफ्नो क्षेत्रबाट सदैब नेपाललाई माया र सक्दो सहकार्य गर्न तयार रहेको उहाँहरुले बताउनु भयो । हनामिजुकीका संस्थापक अध्यक्ष श्री विनोद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा हनामिजुकी ट्रेनिङ्ग सेन्टर र कानेको फाउण्डेशन (छात्रवृत्ति कार्यक्रम) के हो र कसरी संचालन हुनेछ भन्ने विषयमा हनामिजुकीका सिइयो तथा एचआरएन नेपालका सिइयो प्रकाश आचार्यले जानकारी गराउनु भयो । सिइयो आचार्यले जापानको विशेष दक्ष कामदार भिसा एस एस डब्लु भिसाको बारेमा जानकारी गराउनु भयो । आफुले हनामिजुकीको स्थापना गरी नेपालीहरुलाई जापानमा रोजगार दिलाउन सुरुका दिनमा भोगिएको संघर्ष र चुनौतीहरूबारे भावुकताका साथ प्रस्तुत गर्नुभयो । कार्यक्रममा कानेको अवार्ड अन्तर्गत जापान नेपाल फ्रेण्डशिप स्कलरशीप को औपचारिक घोषणा गर्दै यस बर्ष नेपालबाट ३ जान पवन मगर, अमृता लामा तामाङ (जिरेल), खगेस्वरी कुमारी रावत र जापानबाट १ जना पूर्णिमा मरासिनी गरी जम्मा ४ जनाले छात्रावृत्ति स्वरुप एक–एक लाख रकम प्राप्त गरेका थिए । उक्त छात्रवृत्ति एत्सुको कानेको द्वारा स्थापना गरिएको १ करोड १० लाख रुपैयाको को फन्डबाट सञ्चालन गरिने आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै एच आर एन नेपाल, एचआरएन जापान तथा हनामिजुकीका निर्देशक विशाल पोखरेलले आफु जापानमा रहँदा नेपालीले भोग्नु भपरेको अवस्थालाई नजिकबाट नियाल्ने अवसर रहेको हुँदा हाल नेपालमा आफुले जापान जान चाहाने विद्यार्थीहरुको लागी जापानमा हुने जीवनशैली, त्याहा जाँदा तयारी गर्नुपर्ने विविध पक्षलाई समेटी कार्यक्रम संचालन गरिरहेको बताउनु भयो । कार्यक्रममा पूर्व सचिव तथा पूर्व उपकुलपति डा. होमनाथ भट्टराई, मेडिकल कलेज का प्रोफेस्सर तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रो. डा. शिवकुमार राई लगायतले आफ्नो धारणा राख्नु भएको थियो । दुई सय भन्दा बढी सहभागी रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य हनामिजुकीका वर्तमान अध्यक्ष श्रीमती निर्मला मरासिनी आचार्यले दिनु भएको थियो ।