You are here
Home > समाचार > देशभर भारी वर्षाको सम्भावना

देशभर भारी वर्षाको सम्भावना

१६ असार,काठमाडौं । हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर सामान्य बदली रहनेछ । धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Top