You are here
Home > समाचार > आज सपथ लिँदै नवनिवाचित मेयर र उपमेयर

आज सपथ लिँदै नवनिवाचित मेयर र उपमेयर

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले आज सोमबार सपथ ग्रहण गर्नु हुनेभएको छ ।
बिहान ११ बजे राष्ट्रिय सभागृहमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचत अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको सपथ गराउनु हुनेछ ।त्यसपछि मेयर शाहले उपमेयर सुनिता डंगोल सहितका अन्य जनप्रतिनिधिहरूलाई सपथ गराउनु हुनेछ ।

सपथ लगत्तै मेयर शाह र उपमेयर डंगोलले महानगरपालिकामा गएर पद वहाली गर्नु हुनेछ भने अन्य पदाधिकारीहले पनि सोमबार नै पद बहाली गर्नु हुनेछ ।पद बहालीपछि पहिलो बोर्ड बैठक राखेर मेयर शाहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Top