दशैं,नियती र आर्शिबाद प्रवास साहित्य October 18, 2018October 18, 2018 -कृष्ण सुबेदी (गंगा) मेरो निधारलाई संझेर मेरी आमाले मुछेका टिकाहरू मेरो शिर सजाऊन मेरी आमाले राखेका जमाराहरू बर्ष भरीलाई पुग्नेगरी दिन मेरी आमाले मन मनै साचेका आशिषहरू संझेर यहाँ म मन जलाई रहेको छु संझेर उहाँ बाटै भरी आखा बिछ्याई मेरी आमा मलाई कुरीरहनु भएको छ । म सानै छदा बाबालाई पनि कैयौ दशै यसै गरी कुरेको याद छ मेरो छोरा पनि सानै छ तर उसले पनि मैले जस्तै दशैमा बाबा कुरेको याद राख्ने भो माफ गर छोरा तिम्रो शिरमा एक हात राखेर अर्को हातले टिका लगाईदिएको त्यो सुखद कल्पना गरे र बरर्र आशु झरे घडीका सुईमात्रै घुमे हामी र हाम्राहरू गुडेर जान्थे अहीले उडेर गएका छन् तर सधै परदेशी नै भएका छन् म र म जस्ता धेरै को के नै ढुलो चाहाना छ र हे नेता हो बस् देसमा गरीखाने माहोल बनाई देऊ ! कि मेरी आमाले जस्तो तपाईकी आमाले सत्कर्म गरेस्, सबैको भलोहुने काम गरेस् दुनियाले गन्यमान्य भएस् , सधै शिर ऊच्च गरेर हिडेस् भनेर आशिरबाद दिनु भएको थिएन र !