You are here
Home > प्रवास > डिसेम्बर २० तारिकका दिन कान्साइमा प्रदर्शन हुने छक्का पन्जा ३ को तयारी पुरा

डिसेम्बर २० तारिकका दिन कान्साइमा प्रदर्शन हुने छक्का पन्जा ३ को तयारी पुरा

नेपाली चलचित्र ईतिहासमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को तयारी पुरा भएको छ ।सुर्य कर्पोरेशन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै नेपालको बहुचर्चित चलचित्र छक्का पन्जा ३ प्रदर्शन गर्ने क्रममा यहि डिसेम्बर २० तारीक विहिवारको दिन ओशाकाको मिनातो कुमिन सेन्टरमा प्रदर्शन हुने भएको छ । ओशाकामा सुर्य कर्पोरेसनसंग माईदो मसाला मार्टले चलचित्र प्रदर्शन अधिकार लियको हो ।
यति बेला नेपाली सिने नगरीमा चलचित्र छक्का पन्जा ३ ले एक पछि अर्को रेकर्ड बनाउदै गैरहेको छ । देश भित्र मात्र नभई विदेश मा पनि चलचित्र छक्का पन्जा ३ को माग थेगी नसक्ने गरि बढेको छ । नेपाली चलचित्रको राम्रै बिदेशी बजार भनेर चिनिएको जापानमा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गर्ने देखिएको छ।

दिपाश्री निरौला द्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।

छक्का पन्जा १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अ्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ।

जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारि दिएका थिए ।
यस संगै २३ डिसेम्बर पुन टोकियो, ५ जनवरी र ६ जनवरी फुकुओका, ६ जनवरी गुन्मा, १३ डिसेम्बर निगाता गरि प्रदर्शनको स्थानहरु तय भईरहेको र अन्य स्थान क्रमिक रुपमा तय गरीने बताईएको छ ।

यहि डिसेम्बर २० तारीक विहिवार साँझ ५:३० बजेबाट प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा २,५०० तय गरिएको छ । चलचित्रको टिकट नपाउनुभएको भए हलको काउन्टरमै पनि लिन सकिने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ । सम्पर्कको लागि मिती:- २०१८-१२-२० बिहीवार समय १७:३० बाट
स्थान:- मिनातो कुमिन सेन्टर बेन्तेन्चो
जेआर बेन्तेन्चो स्टेसन मिनामी गुची बाट ५ मिनेट सब वे च्यु ओुउ सेन बेन्तेन्चो स्टेसन 2-A देगुची बाट ४ मिनेट
सम्पर्क:- सुजेन मैनाली ०८०-३११३-९३०३
महेश कटवाल ०९०-६०१९-६२०३
तिलक केसी ०८०-४४०८-७७७५
दिपक भण्डारी ०८०- ३४८९-२२९९
सी.बी थापा ०८०-५७९०-११५२
एकराज कटवाल ०९०-९६११-८८५६
दिपेश गौतम ०८०-२४३३-६०७२
सुबाश पाण्डे ०७०-२३०३-९४६४

Leave a Reply

Top