एनआरएनए कान्साईको आयोजनामा ओसाकामा हुने साङ्गीतिक कार्यक्रमको तयारी पुरा,प्रवेश निशुल्क प्रवास मनोरञ्जन May 15, 2024May 15, 2024 ओसाका/जापान। गैरआवाय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रिय समितिको आयोजनामा ओसाकामा हुन लागेको मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकली जनाएको छ। जापानको कान्साइमा रहेका नेपलीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलले बताए। ओसाकाको सिभिक सेन्टर बेन्तेन्च्योमा मे १५ तारिकमा आयोजना हुने उक्त कार्यक्रम टिकट शुल्क नलाग्ने बताईएको छ। कार्यक्रममा चर्चित लोक दोहोरी गायिका कला लम्साल तथा दोहोरी च्यामपियन प्रकाश पराजुलीको विशेष प्रस्तुति रहने बताइएको छ । यसका अलावा काजल गुरुङ, दुर्गेश कार्की, केशव शर्मा, शुशिल ज्ञवाली, कुलबिर थापा तथा लोक तथा दोहोरिको गित संगीतको क्षेत्रमा चर्चित गायक तथा गायिकाहरुको जोडदार प्रस्तुतिका साथ भव्य सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोजक एवं एनआरएन कान्साईका उपसंयोजक टिआर गौडेलले जानकारी गराए। कार्यक्रममा सम्पूर्ण कान्साई बासि नेपालीहरुलाई उपस्थित हुन आयोजकले अनुरोध समेत गरेका छन् ।