You are here
Home > विचार > सामाजीक सन्जालको प्रयोग, जाने औषधि नजाने विष

सामाजीक सन्जालको प्रयोग, जाने औषधि नजाने विष

-धन प्रसाद सापकोटा (सुरेश)

मानीस स्वभाव ले नै सामाजीक प्राणी हो । समाजमा एक अर्को को सहयोग लेनदेन र सहयोग अादान प्रदान गरेर बस्न रुचाउछ । प्रविधी को बिकास संगै अहिले इन्टरनेटको माध्यम बाट बिभीन्न सामाजीक सन्जालको बिकास भए संगै यसको प्रयोग पनी बढ्दै गइरहेको छ । बिश्वका कुना कुनामा छरीएर रहेका नेपाली माझ परीचीत फेसवुक । मार्क जुगर्वरले आफ्ना कलेजका साथीहरु विच सम्पर्कमा रहीरहन बनाएको फेसवुक अहिले विभीन्न देशका करोडौ मानिस विच लोकप्रीय भएको छ ।

हुनत फेसवुक बाहेक पनी बिभीन्न सामाजीक सन्जालहरु छन जसले क्षेत्र गत रुपमा केही मानीसहरु बिच प्रचलीत भय पनी धेरै प्रचलीत भने फेसवुक नै हो जस्तो लाग्छ । चिठी पत्र टेलीफोन इमेल हुदै फेसवुक इन्स्टाग्राम टिकटक सम्म आइ पुग्दा छोटो समयमा धेरै बिकास सन्चारमा भएको छ । भौगोलीक कठीनाइले रोक्न नसक्ने हुनाले नेपालमा पनी पछिल्लो समय सन्चार ले ठुलै फट्को मारेको छ ।

बैदेशिक रोजगारीको लागी बिभीन्न देशमा छरीएर रहेका नेपालीहरुलाइ केही हद सम्म नजीक गराउने काम पनी सामाजीक सन्जाल ले गरेको छ । विभीन्न ठाँउमा रहेका आफन्त साथीभाइ हरुका गतीविधी पनी तुरुन्तै जानकारी हुने हुदा नजीकै रहेको जस्तो अनुभव हुन्छ । अनलाइन पत्रीका को कारण देशका राजनीतीक जानकारी मनोरन्जन स्वास्थ्य शिक्षा
जस्ता सबै बिषय लाइ समेट्न सकेको हुदा पनी यसको लोकप्रीयता यती वढेको हुन सक्छ ।

सामाजिक परोपकारीतामा पनी यसले राम्रै पकड बनाउदै गयको छ । जस्का पछील्ला उदाहरण कृष्ण ओली मेघा घिमीरे असोक दर्जी हरु छन । नेपाली हरु मनका धनी छन भन्ने उदाहरण पनी हो यो । मिडीया ले बनाएका समाचार लाइ भाइरल वनाउने अथवा फैलाउने काम सामाजीक सन्जाल ले गरेको छ ।

यती भन्दै गर्दा यसका नराम्रा पक्ष हरु पनी छन । असन्तुलीत प्रयोग क्षणीक तुष्टी र रीस राग व्यक्तीगत असन्तुष्टी लाइ वाल मा पोखेर भद्दा र फोहोर बनाउने काम भएको छ । केही समय पहीला जापानको प्रख्यत रेष्टुरेन्ट कुरा सुसी मा काम गर्ने कामदार ले रमाइलो गर्न को लागी फोहोर फाल्ने ठाँउ मा माछा फालेर फेरी भिकेर सुसी बनायको ले यो रेष्टुरेन्ट को ठुलो बदनाम र घाटा भयकोले ठुलो कारबाही बेहोर्नु परेको थियो । त्यस्तै प्रकृती का अन्य २ ,३ घटना पनी सार्वजनीक भएका थिय । प्रविधी सम्पन्न देश हुनाले तुरुन्तै पक्राउ गरी कारवाही गरेकोले समाधान भयो । क्षणीक रमाइलो ले धेरै जनाको भविष्य बर्वाद भएको थियो ।

सफा स्वस्थ र सन्तुलीत तरीकाले प्रयोग गर्न सकीयो भने पक्कै पनी फाइदा लिन सकिन्छ । कस्तो पोष्ट सियर गर्ने कस्तो स्टाटस लेख्ने भन्ने कुरा राम्रो संग सोचेर गर्न सकीयन भने फाइदा भन्दा घाटा वढी हुन्छ । प्रोफाइल भनेको मान्छे को ब्यक्तीत्व झल्काउने चिज हो र यो युगौ युग रहने कुरा पनी हो । हामी ले कोही १ जना संग को रिस ले अभद्र स्टाटस लेखीयो भने लक्षीत व्यक्ती ले नहेर्न पनी सक्छ तर त्यस्तै प्रकृती का हजारौ साथी हरु को नजर मा पनी केही फरक पर्न सक्छ । साथै आफनै व्यक्तीत्व मा पनी असर पर्छ ।

अभद्र कमेन्ट गर्दा पनी अाफ्नै व्यक्तीत्व मा असर पर्छ । त्यसैले प्रविधी को बरदान सामाजीक सन्जालको असल प्रयोग गरी फाइदा लिन सक्नुपर्छ । जानकारी मुलक शिक्षा प्रद पोष्ट हरुको सेयर गरी । खु:सी र सुख वाड्ने थलो बनाउनु पर्छ । राजनीतीक खिचातानी र गुट गत स्वार्थ साँध्ने थलो वनाउनु हुदैन । निस्वार्थ छलकपट मुक्त र सामाजीक रुपमै प्रयोग गर्नुपर्छ । कसै संग व्यक्तीगत कुरा गर्न छ भने म्यासेन्जर भाइवर लाइन फोन आदी अनेकौ विकल्प छन । तिनको प्रयोग गर्नुपर्छ ।

आजकल बिभीन्न जातीय धार्मीक साम्पर्दायीक विचलन र विबाद ल्याउने खालका पोष्ट हरु पनी आउन थालेका छन जसलाइ निरुत्साहित गरी मानविय नेपालीत्व र विश्ववन्धुत्व को प्रसय गर्ने खालका पोष्ट हरु गर्न र फैलाउन सकीयो भने पक्कै पनी सवैलाइ फाइदा पुग्छ जस्तो लाग्छ ।

Leave a Reply

Top