You are here
Home > समाचार > अमेरिकामा मंकीपक्सकोसंख्या तीव्र संकटकाल घोषणाखोप अनिवार्य गर्ने तयारी

अमेरिकामा मंकीपक्सकोसंख्या तीव्र संकटकाल घोषणाखोप अनिवार्य गर्ने तयारी

२०श्रावण,काठमाडौं । मंकीपक्सका बिरामीहरु बढ्ने क्रम तीव्र भएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

जनस्वास्थ्य संकटकाल घोषणासँगै मंकीपक्स विरुद्धको खोप अभियान, उपचार र त्यसका लागि आवश्यक स्रोत परिचालनका लागि सजिलो हुनेछ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको छ ।अमेरिकामा हालसम्म ६ हजार ६ सय जना मंकीपक्सका बिरामीहरु फेला परेका छन् । बिरामीहरु मध्ये अधिकांश समलिङ्गीहरु रहेका छन् । संक्रमितहरुमा एक चौथाई न्यूयोर्क शहरमा मात्रै रहेका छन् । सुरुमा समलिङ्गीहरुमै खोप अभियान चलाउने र स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाउने बाइडेन प्रशासनले जनाएको छ । विश्वभर अहिले २६ हजार जना मानिसमा मंकीपक्सको संक्रमण भएको छ।

Leave a Reply

Top