You are here
Home > समाचार > काठमाडौं उपत्यकामा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू

काठमाडौं उपत्यकामा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू

२२श्रावण,काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ ।

काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले चारपाङग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुलाई अनावश्यक रुपमा हर्न नबजाउन सचेत गराउने उद्देश्यले यो अभियान थालिएको जानकारी दिनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संवदेनशील क्षेत्र वरिपरि बजाइने हर्नको असर नराम्रो पर्ने भन्दै यो अभियान सार्थक हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनुभयो ।उद्घाटन कार्यक्रमका क्रममा प्रमुख चौधरी र मेयर साहले सिंहदरबार अगाडिको सडकमा गुडिरहेका सवारी साधनमा स्टीकर टाँस्नु भएको थियो ।

Leave a Reply

Top