You are here
Home > साहित्य > कविता

विद्यार्थीको आत्मा

      तीज गीत - आनन्द पौड्याल कहाँमा जान्छौ विद्यार्थीका हुल ? बरिलै ज्ञान मन्दिर टाढा भो घरभित्र बसेर तिमी के के गर्दछौ ? बरिलै बत्ती नेट खोल्दछौं बत्ती नेट खोलेसी के के पढ्न पाइन्छ ? बरिलै सिक्ने जति हरेक पढाइको समय के के कुरा चाहिन्छ ? बरिलै जुम आइडी, पासकोड सुसाङ्ख्यमा हेरेर के के कार्य गर्दछौ ? बरिलै सुन्ने,

देश

-पुनीत कुमार लुधियाना (पंजाब) puneetsir161989@gmail.com                यता बस, उता बस, जहाँ चाह्यो उहीं बस तर सधैँ आफ्नो मातृभाषालाई सम्मान गर सामाजिक मूल्यमान्यतालाई कदर गर सबै कुरा भुले पनि एउटा कुरा सम्झिराख ‘म’को स्थान दोस्रो हुन्छ ‘देश’को स्थान पहिलो हुन्छ यो ठट्टाको विषय होइन तिमी देशका सन्तान हौ यो तिम्रो उत्तरदायित्व हो तिमी मातृभूमिप्रति गौरव गर तिमी देशको आशा हौ करोडौँ मान्छेको विश्वासमा कहिल्यै धात नगर मलाई

प्रतीक्षा

-मालिनी गौतम   खिया लागेको ठुलो ताल्चाभित्र जकडिएकी उसको कोठाको ढोका बन्द छ युगौँदेखि ... ताजा हावासम्म आउँदैन ... न जान्छ सास फेर्नका लागि ऊ बारम्बार बनाउँछे स-साना झ्याल भित्तामा फेरि पनि अत्यासका भुमरी उठिरहन्छन् उसको छातीमा अनि ऊ दौडिदै ती झ्याल खोल्ने कोसिस गरिरहन्छे ... यी ... सबैभन्दा सानो र प्यारो झ्याल पर्दाको पछाडिबाट चिह्याउँछ स्कुलमा सँगै बस्ने निर्दोष केटाको मुहार केटो मुस्कुराउँदै छ तर ऊसँग छैन

मान्छे हाम्फाल्ने खाल्डो

-रमेश भट्टराई ‘सहृदयी’   गोरखा छोड्ने दूरदर्शी पृथ्वीनारायण खाल्डोमा चातुर्य देख्थे क्यार ! तलैया माटोमा ठडिएका अनन्य सपना मानौँ घना जङ्गलको निष्पट्टता चाहँदैन बस्न तर बाध्यता गाउँको पाखो बारी बँझ्याएर खाल्डोमा ओइरिएका तमाम बिम्बमा सुनौला सपना अनेकौँ तर्कना बेकामे र फुर्सदै नभएकाको जमात धुलो, धुवाँ, अनकन्टार भिरभन्दा भविष्यकै कापमा रुखो बजारमा भक्त, जोगी र मगन्तेको कलङ्क वेश्यालय र बसपार्कमा लुट्ने गाडीका दलाली होटेल, ट्याक्सीवाला, रक्सीवाला मान्छे,

नाम

-वैद्यनाथ 'श्रमजीवी'   हिजो आज किन हो कुन्नि ? नाम बदल्या छौ न्वारनको नाम मन नपरेर हो कि साथीसँगी घरपरिवार चिन्नेजान्नेले गिज्याएर हो कि वा विदेशी प्रभावमा स्वदेशी दबावमा परेर हो कि वा नामअनुसारको काम नभएर हो कि वा कामअनुसारको नाम नभएर हो कि वा मनमा लोभ जागेर लक्ष्मीभक्त बन्न दामले गर्दा हो कि... इमान बेचिएको नाम जतिसुकै साइत हेरेर जुराइए तापनि के कामको... अरुको मुखको 'माम' खोसी खानेको नाम धर्मराज 'युधिष्ठिर' नै  भए पनि के कामको... मुखमा राम ! राम ! बगलीमा छुरा बोकी हिँड्नेको

ठमेल साँझ

-बाबुराम श्रेष्ठ 'यात्री'   ठिङ्ग उभिएर साधुरा गल्लीहरु झुन्ड्याएर साइन बोर्डहरु मूलबाटामा अर्धनग्न फुस्रा केटाकेटीहरु जमाएर चर्तिकला हेरिरहन्छ हरेक पल्ट ठमेल साँझ !   छिप्पिदो साँझसँगै रौनकताले गाँज्छ 'हार्ड रक' क्याफेहरु खचाखच भरिन्छ ककटेलको स्वादमा उकुसमकुस पिइदिन्छ हरेक पल्ट  ठमेल साँझ !   खिसिक्क हाँस्छ लाजसरम पचाउँछ विदेशी लवज न्यू एयर, क्रिसमसले सजिन्छ बरोवर सभ्यता एक छेउमा घाउ भएर दुःखिरहन्छ टुलुटुलु हेर्दै वेलकम गरिरहन्छ हरेक पल्ट ठमेल साँझ ! सिन्धुली    

कसरी ?

  -अमरजीत कौंके पञ्जाब, भारत   कसरी कुन्नि मेरा आँखाबाट तिम्रो चित्रलाई चिन्छन् मान्छेहरु मेरो अनुहार हेरी तिम्रो मुस्कानको अनुभव गर्छन् मेरा पाउ हेरेर तिम्रो घरको बाटो पहिल्याउँछन्   मेरा औंलाले मान्छेहरु तिम्रो अनुहारको नक्सा कोर्छन् मेरा शब्दमा तिम्रो नाउँको कविता खोज्दै मेरा ओठहरुमा स्पर्श गर्छन् तिम्रो देहको बास्नालाई   देह त मेरो हो मेरो देहमा कुन्नि कसरी तिमी भिजेकी छ्यौ ? हिन्दीबाट अनुवादः भविलाल लामिछाने र खडकराज गिरी                             दार्जिलिङ      

भोरको दृश्य

-शिरोमणि महतो             झारखण्ड, भारत       घाँडो जसरी झुन्डिएको चन्द्रमा आकाशको घाँटीमा निभे निभे जस्ता ताराहरु गरिरहेछन् विलाप परेलाको पातबाट तप्किरहेछ शीत भिजिरहेछ निथ्रुक्कै भोर !   चराको चिरबिरले बाख्राले बोलायो मस्त निदाइरहेको गाईलाई अनि गाईले रंभाएर जगायो किसानलाई सुरु भयो सृष्टिको संलाप !   गोरुको काँधमा हालेर जुवा किसानले खोल्यो कर्मको पहिलो पाठ धर्तीको वदनमा लाग्यो हलोको फाली अनि सृष्टिले बाल्यो अरबौं वाटको बल्ब !   सूर्यले पहिरायो कर्मरत किसानलाई किरणको जयमाला ! हिन्दीबाट अनुवाद: सुमी लोहनी                              काठमाडौं  

Top