You are here

देश

पुनीत कुमार

लुधियाना (पंजाब)

puneetsir161989@gmail.com               

यता बस, उता बस, जहाँ चाह्यो उहीं बस

तर सधैँ आफ्नो मातृभाषालाई सम्मान गर

सामाजिक मूल्यमान्यतालाई कदर गर

सबै कुरा भुले पनि

एउटा कुरा सम्झिराख

‘म’को स्थान दोस्रो हुन्छ

‘देश’को स्थान पहिलो हुन्छ

यो ठट्टाको विषय होइन

तिमी देशका सन्तान हौ

यो तिम्रो उत्तरदायित्व हो

तिमी मातृभूमिप्रति गौरव गर

तिमी देशको आशा हौ

करोडौँ मान्छेको विश्वासमा कहिल्यै धात नगर

मलाई थाहा छैन

कि तिमी किन

अरुको अनुसरण गरिरहेछौ

जब कि तिम्रो सभ्याचार सर्वश्रेष्ठ छ

तिमी कहाँ भेट्टाउला  विश्वमा

यति ममतामयी आमाको स्वभाव ?

मलाई आज्ञा दिने कुनै अधिकार छैन

केवल मेरो  बिन्ती छ

सधैं सम्झिराख

‘म’को स्थान दोस्रो हुन्छ

जब कि पहिलो स्थान ‘देश’को हुन्छ ।

हिन्दीबाट अनुवाद: सुमी लोहनी

                            भाटभटेनी, काठमाडौं, नेपाल

 

 

Leave a Reply

Top