You are here
Home > विचार > समाज सेवाको नाममा मानवता नबेचौं

समाज सेवाको नाममा मानवता नबेचौं

-दिलिप कंडेल

भनिन्छ भजन भन्ने ओठहरु भन्दा सेवा गर्ने हातहरुनै महान हुन्छन।सामाजिक सेवाका लागि एउटाको हत मात्र काफी हुँदैन। सबैको हात मिल्नु पर्छ।अहिलेको परिस्थितीलाई हेर्ने हो भने सामाजिक सेवा,सेवा मात्र नभएर मानबिय भाबना र सम्बेदना दुबैको ब्यापार चलिरहेको जस्तो देखिनछ।जस्ले गर्दा वास्तबमा मन देखिनै सामाजिक सेवामा लागेकाहरु समेत बदनाम हुँदै गैरहेका छन ।

सामुहिक रुपमा सेवाको भाब बोकेका मनिषहरु एकताको रुपनै संस्था हो।समाज सेवामा लागेका हामीहरू जतिसुकै आदर्श ,भिजनका कुरा गरेपनी हामीलाई चाहिने भनेको आर्थिक सहयोग अर्थात् अनुदान हो । यथार्थलाई वकालत गर्दा तितो लाग्छ । तर गैरनाफामुलक सस्थाको चल्ने आधार भनेको नै अनुदानबाट हो। यस्ता संस्थाको आम्दानीको स्रोत नै अनुदानमा आधारित रहेको हुन्छ । तर समाजको सकारात्मक रूपान्तरणमा लागेका भनिएकाहरुले आर्थिक संकलनका लागि अनेकन मिठा र भावनात्मक कुरा गर्दै इमोशनल रूपका सर्वसाधारण तथा आर्थिक सहयोग गर्ने वर्गलाई लक्षित गरि उनीहरूमार्फ़त सहयोग संकलन गर्दछन।आफ्नो अनुकुल सकम परिचालन वा बितरण गर्दछन र आफ्नै सम्पत्ति बितरण गरेजस्तै आनुभब गर्दै आफुलाई समाजसेवी देखाउछन ।

लक्ष्य प्रप्ती भैसकेपछी  वास्तविक चन्दादाता हरुलाई बिर्सन्छन। खोलो तर्यो लौरी बिर्सीयो भने झै दाताहरुको यथार्थपरक तथ्यांक संकलन गरेको पाईदैन ।त्यती मात्र होइन सामाजिक कार्यकर्ता तथा अभियानता वा समाजसेवीहरुले चन्दा दातहरुबाट प्राप्त गर्ने रकमको आधारमा समेत चन्दा दाताहरुलाई बिभेद गरेको पाईन्छ।

थोरै रकम प्रदान गर्नेहरुप्रति उनिहरूको दृष्टिकोणनै फरक हुन्छ अर्थात् आखा लाग्दैन । न्यूनतम रूपमा आफ़नो पारिश्रमिक लिनेहरु जस्तै जापानको सन्दर्भमा कुक वा अध्ययन भिसामा रहेका बिधार्थीले समाजलाई थोरै पनि आर्थिक सहयोग गर्छ भने त्यो सहयोग ठूलो रूपमा हो अभियानता हरुले बुझ्नु जरुरी छ । जसको जस्तो आम्दानी छ सोही अनुसारको सहयोग गर्नु राम्रो कुरा हो।ख़ासमा सहयोगमा स्वार्थ मिश्रित छ की यथार्थपरक त्यो मुख्य कुरा हो । तर समाजसेवी भन्न रुचाउनेहरुले हजारलाई समेट्न खोजेको पाईदैन । यो विडम्बनापूर्ण छ।हामी साच्चीकै समाज सेवा गर्ने हो भने वास्तबिक समाज सेवा के हो गहिराइमा विश्लेषण गर्नु आवश्यक छ।

संस्था सन्चालन गर्न आर्थिक सन्कलन गर्ने कुरा स्वभाबिक हो । महत्व पूर्ण कुरा के हो भने संकलन गरिएको रकम कत्तीको बैध छ,र सन्कलित रकमको परिचालन कसरी गरिएको छ भन्ने हो ।जुनसुकै सामाजिक संस्थामा रहेका कार्यसमितिका साथीहरु यथार्थ कुरा बाहिर ल्याऊन तै चुप मै चुप छन् भने त्यहा मिलेमतो अवश्य हुन्छ । त्यसैले कि तपाई समाजिक सेवाबाट बाहिर निस्कनुस,होईन भने त्यहा भित्रका काला कर्तुत बाहिर निकालनुहोस , दुवै गर्न सक्नुहुन्न भने एउटा निरीह कोठा खोलेर त्यसको सदस्य बन्नुहोस । समाजमा लगीसके पछि जस अपजस बराबर लिनको लागि तयार भएर सामाजिक सेवामा लागौ ।

Leave a Reply

Top