स्मारिका इन्टरनेश्नल एजुकेशन कन्सलटेन्सीको शाखा अब पुतली सडकमा समाचार December 16, 2022December 16, 2022 स्मारिका इन्टरनेश्नल एजुकेशन कन्सलटेन्सीको शाखा कार्यालय पुतलीसडकमा उद्घाटन गरिएको छ । सो कन्सल्टेन्सीको उद्घाटन नेपाल शैक्षिक परामर्श संघका फस्ट भ्वाइस प्रेशिडेण्ड देविदास भट्टराईले गर्नुभएको थियो । विगत लामो समयदेखी चितवनमा संचालन गरिरहेको उक्त कन्सलटेन्सीलाई अझ प्रभावकारी र सहजता बनाउन राजधानिमा शाखा कार्यालय संचालनमा ल्याइएको स्मारिक इन्टरनेश्नल एजुकेशनका संचालक सुवास भट्टराईले जानकारी दिनु भयो । यस कन्सलटेन्सीबाट अस्ट्रेलिया, जापान, नेदरल्याण्ड, यूके र यू एस ए मा अध्ययन गर्न इच्छुकलाई सहजिकरण गर्ने स्मारिक इन्टरनेश्नल एजुकेशनले जानकारी गराएको छ ।