You are here
Home > प्रवास > यस्तो छ ह्योगो केन बाट प्राप्त गर्ने आर्थिक सहयोगको प्रकृया

यस्तो छ ह्योगो केन बाट प्राप्त गर्ने आर्थिक सहयोगको प्रकृया

-दीपा कडेल,ओसाका

२९ अप्रिल

ह्योगो केनले ब्यबसायिलाई प्रदान गर्ने आर्थिक सहयोग प्राप्त गर्न चाहिने आवस्यक कागजात तथा प्रकृया बारेमा जानकारी दिएको छ ।ह्योगो केनले आफ्नो अफिसियल वेब साईट मार्फत दिएको जानकारी यस प्रकार छ ।

कुन अवस्थामा कती आर्थिक राहत प्राप्त हुने 

१.ह्योगो केनमा सन्चालन भएका ब्यवसायहरु कोरोना भाईरसका कारणले यही मिती २०२० अप्रिल महिनाको १५ तारिक (२१ तारिक बाट भए पनि  हुने) देखी मेइे महिनाको ६ तारिक सम्म बिदा गरिएका वा बिहान ५ बजे देखि बेलुकी ८ बजे सम्म सन्चालन गरिएको तथा बेलुकी ७ बजे सम्म मात्र मदिराजन्य पदार्थ बिक्री बितरण गरिएका ब्यबसायिहरुले  कम्पनी भए ३ लाख र ब्यक्तिगत ब्यवसाय भए १ लाख ५० हजार एन प्राप्त गर्ने छन।

२.ह्योगो केनमा सन्चालन भएका ब्यवसायहरु कोरोना भाईरसका कारणले यही मिती २०२० अप्रिल महिनाको २२ तारिक (२८ तारिक बाट भए पनि  हुने) देखी मेइे महिनाको ६ तारिक सम्म बिदा गरिएका वा बिहान ५ बजे देखि बेलुकी ८ बजे सम्म सन्चालन गरिएको तथा बेलुकी ७ बजे सम्म मात्र मदिराजन्य पदार्थ बिक्री बितरण गरिएका ब्यबसायिहरुले  कम्पनी भए २ लाख र ब्यक्तिगत ब्यवसाय भए १ लाख एन प्राप्त गर्ने छन ।

३.ह्योगो केनमा सन्चालन भएका ब्यवसायहरु कोरोना भाईरसका कारणले यही मिती २०२० अप्रिल महिनाको २९ तारिक देखी मेइे महिनाको ६ तारिक सम्म बिदा गरिएका वा बिहान ५ बजे देखि बेलुकी ८ बजे सम्म सन्चालन गरिएको तथा बेलुकी ७ बजे सम्म मात्र मदिराजन्य पदार्थ बिक्री बितरण गरिएका ब्यबसायिहरुले  कम्पनी भए १  लाख र ब्यक्तिगत ब्यवसाय भए ५० हजार एन प्राप्त गर्ने छन।

आर्थिक सहयोग प्राप्त गर्ने अवस्थाहरु:

१.ब्यवसाय ह्योगो केनमा सन्चालन भएको हुनु पर्ने छ ।२०२० को मार्च महिना १ भन्दा अगाडि सन्चालन भएका ब्यबसायिले पनि यो सुबिधा प्राप्त गर्ने छन।

२.यो आर्थिक सहयोग लिन २०१९ को अप्रिल अथवा  मेइ महिनाको बिक्री भन्दा २०२० को अप्रिल अथवा मेइ महिनाको बिक्री ५० % भन्दा घटेको हुनु पर्ने छ।

आबेदन फारम खुल्ने मिती

२०२० अप्रिल महिनाको २८ तारिक देखी जुलाई महिनाको ३० तारिक सम्म आबेदन दिन सकिने उल्लेख गरिएको छ।

आबेदन फारम भरेर पठाउने माध्यम

१.वेब साईट मार्फत

२.हुलाक मार्फत

 

आर्थिक सहयोग आबेदन दिएको एक महिना भित्र प्राप्त हुने छ ।

 

यसका लागि आवश्यक कागजातहरु

१. आबेदन फाराम (वेब साईट बाट)

२. २०१९ को ट्याक्स पेपरको फोटो कपि

३. २०२० को अप्रिल महिनाको बिक्री प्रमाणित गर्ने कागजात (ओसिरो अफिस बाट)

४. पैसा पठाउने बैंकको विवरण पास बूक (चुच्योउ)

५. ब्यवसायको दर्ता प्रमाण पत्र

६. पसलको नाम उल्लेख भएको मेन्यु

७. पसल बिदा गरेको वा बेलुकी ८ बजे सम्म सन्चालन गरेको तथा मदिराजन्य पदार्थ बेलुकी ७ बजे सम्ममात्र बिक्री गरेको जानकारी दिने पर्चा

८. पास्पोर्टको कपि र जाइर्यो कार्डको कपि

९.पसल बहालमा लिएको सम्झौता पत्र

Leave a Reply

Top