नेपाली विद्यार्थी समाज जापान (नेसाज) को १९ औं अधिवेशन जुलाई ११ तारिक हुने प्रवास समाचार July 3, 2021 नेपाली विद्यार्थी समाज जापान (नेसाज) को १९ औं अधिवेशन यही जुलाई ११ तारिक हुने भएको छ । पछील्लो परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल रुपमा अधिवेशन गर्न लागिएको आयोजकले जनाएका छन् । सन् १९९७ मा स्थापना भएको नेपाली विधार्थी समाज जापान(नेसाज)ले स्थापना काल देखी नै जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै आइरहेको छ। साथै विधार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्नकालागी जापानी भाषा वक्तृत्वकला प्रतियोगिता तथा विभिन्न क्षेत्रमा अध्ययन- अनुसन्धान गर्नु भएका ब्यक्तीहरु बिचमा गोष्ठी तथा ज्ञान सिपको आदानप्रदान लगाएत बिभिन्न ज्ञानमुलक कार्यक्रमहरु गर्दै आईहेको छ । १९९७ मा स्थापना भएको नेसाज र २०१५ मा स्थापित नेपाल जापान बिद्यार्थी समाज जापानको २०१९ सेप्टेम्बर१९ का दिन नागोयामा एकता अधिबेशन सम्पन्न भएको थियो। जापानमा रहेका नेपालि विधार्थीहरुको समस्याहरुलाई सहजिकरण गर्ने र प्रवासमा रहेका,विधार्थीहरु विच भातृत्व कायम गर्ने संस्थाको मुख्य लक्ष्य भएकाले यस अभियानमा सामेल हुन नेपालि विधार्थी समाज जापान (नेसाज)का वरिष्ठ उपाध्यक्ष तथा अधिवेशन संयोजक प्रकाश भण्डारी क्षेत्रीले अनुरोध गर्नुभएको छ।