उपत्यकाव्यापी लोकनृत्य प्रतियोगिताको एकल तर्फ पिक प्वइन्ट र समूह नृत्य तर्फ साम्तेन मेमोरियल विजयी । Uncategorized मनोरञ्जन समाचार March 2, 2019 फागुन १८, काठमाडौं । सेन्ट जर्ज इन्टरनेशनल स्कुलले आयोजना गरेको दोश्रो उपत्यकाव्यापी लोकनृत्य प्रतियोगिताको एकल तर्फ पिक प्वइन्ट स्कुल, चुनीखेलबाट त्रिशग्नि श्रेष्ठले प्रथम स्थान हात पारिन भने समुह नृत्य तर्फ साम्तेन मेमोरियल स्कुल, कपनले पहिलो स्थान हात पारको छ । एकल नृत्य तर्फ दोस्रो स्थान ओलिभर पब्लिक स्कूलकी बसन्ति थापा मगर, युनिभर्सल स्कुल, धुम्बाराहीबाट अंशु लामाले तेस्रो र सान्त्वना तर्फ सेन्ट जर्ज ईन्टरनेशनल स्कुल, विशालनगरबाट अंकिता थापा मगर र कान्तिपुर एकेडेमी, गंगबुबाट नम्रता बस्नेत रहेका थिए । यसैविच समूह नृत्य तर्फ द्धितिय स्थानमा गोल्डेन गार्डेन स्कुल, सुकेधारा, तृतिय स्थानमा सेन्ट जर्ज ईन्टरनेशनल स्कुल, विशालनगर र सान्त्वनामा इकिता स्कूल बालुवाटार रहेको थियो । दिक्षन्त एकेडेमी स्कुल, सुकेधाराले उत्कृष्ट भेषभुषाको उपाधी पाएको थियो । अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फि विकासमा टेवा पु¥याउदै भविष्यमा आफ्नो इच्छा अनुसार अगाडि बढ्न सजिलो हुने कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय लक्ष्मण लम्सालले बताउनु भयो । कार्यक्रममा बाल्दै एन प्याव्सनका केन्द्रिय उपाध्यक्ष प्रबोध प्रभाकर रिजालले यस्ता कार्यक्रमले देशको भाषा संस्कृतिको संरक्षणमा ठूलो महत्व राख्ने धारण व्यक्त गरें । बार्षिक रुपमा कल्सटरले क्यालेण्डर बनाई आफ्ना सदस्य विद्यालयहरुमा बालबालिका भित्र रहेका प्रतिभा प्रस्फुटन गराउन जोड दिनु पर्ने स्याटका अध्यक्ष विजय खरेलले बताए । विद्यार्थीको विभिन्न क्षमतालाई अभिवृद्धी गराउन विद्यालय सक्रिय रहेको बताउँदै भावी दिनमा पनि निरन्तरताका लागी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए । शैक्षिक क्षेत्रसँगै अतिरिक्त क्रियाकलापमा विद्यालयले जोड दिदै आइरहेको प्रधानाध्यापक मेघराज बजगाईले जानकारी गराए । कार्यक्रममा समाज सेवी गणेश प्रजापति, विरेन्द्र प्रजापति, का.म.न.पा. ४ का वडा सदस्य सरु अधिकारी, विभिन्न विद्यालयका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । फल्गुन १८ गते विद्यालय परिषरमा आयोजित प्रतियोगीताको निर्णायकको रुपमा प्रदिप लामा र प्रेमा श्रेष्ठ रहेका थिए । सो कार्यक्रममा मिडिया पार्टनर दीपश्री क्रिएटिभ मिडिया रहेको थियो ।