You are here
Home > खुसी बाँडे खुसी बढ्छ > ओसाकामा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सप्पन्न

ओसाकामा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सप्पन्न

ओसाका, जापान। भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मालिका समाज जापान, क्षेत्रीय समिति कान्साईको आयोजनामा ओसाकामा “श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम” सम्पन्न भएको  छ।

“मालिकाको काख, धौलागिरिको छाया, जहाँ हौं गएपनि, जहाँ रहेपनि जन्मभूमिको माया” भन्ने भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सहभागिता रहेको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस अवसरमा सहभागीहरूबीच शुभकामना आदानप्रदानसँगै आपसी सद्भाव, भाइचारा र नेपाली मौलिक संस्कृति तथा परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने सन्देश दिइएको छ।

कार्यक्रमलाई धार्मिक उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवासँग समेत जोडिएको छ। सोही अवसरमा नेपालमा हालैको बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि “बाढीपीडित सहयोगार्थ” सहयोग अभियानसमेत सञ्चालन गरिएको छ। जन्मभूमिबाट टाढा रहे पनि विपद्का बेला मातृभूमि र पीडित समुदायप्रतिको जिम्मेवारी तथा मानवीय भावना कायम राख्नुपर्ने सन्देश कार्यक्रमले दिएको छ।

Leave a Reply

Top