ओसाकामा कर्णाली प्रदेश समाज जापानको BBQ कार्यक्रमको तयारी पूरा खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन June 27, 2026 ओसाका, जापान । कर्णाली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिले आगामी जुन २८ तारिख आइतबार आयोजना गर्न लागेको बीबीक्यू (BBQ) कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। “सामाजिक एकता, सहकार्य, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रम नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गर्न लागिएको हो। समितिका अनुसार कार्यक्रम ओसाका सहरको योडोगावा–कु, निशिनाकाजिमा २–१–१ मा बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा स्वादिष्ट बार्बेक्यु परिकारका साथै सहभागीहरूबीच आपसी चिनजान, भेटघाट तथा विविध मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिनेछ। आयोजकले कान्साई क्षेत्रमा बसोबास गर्ने कर्णालीवासीसहित जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन आग्रह गरेको छ। समितिले यस्ता सामाजिक कार्यक्रमहरूले विदेशमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध, एकता र सहकार्यको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेकाले सहभागी हुन सबैलाई हार्दिक निमन्त्रणा दिएको छ।