खुसी उरेसीको आयोजनामा ओसाकामा ‘नेपाली मेला २०२६’ हुँदै खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन June 27, 2026 ओसाका, जापान। जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ खुसी उरेसी सोसाइटीको आयोजनामा ‘नेपाली मेला २०२६’ आयोजना हुने भएको छ। “एक अर्कालाई सहयोग गरौँ, सँगै खुसी रहौँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त मेला आगामी सेप्टेम्बर १९ र २०, २०२६ मा ओसाकाको इकुनो वार्डस्थित मोमोदानी मा सम्पन्न हुनेछ। कार्यक्रम बिहान ११:०० बजेदेखि बेलुका ८:०० बजेसम्म सञ्चालन हुनेछ। मेलामा नेपाली तथा जापानी सांस्कृतिक प्रस्तुति, नेपाली परम्परागत तथा स्वादिष्ट खानाका स्टल, कला–संस्कृतिको प्रदर्शनी तथा नेपाल र जापानबीचको मित्रता र सद्भावलाई प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू समावेश गरिनेछन्। विदेशी भूमिमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने यस मेलामा ओसाका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली र जापानी समुदायलाई सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले हार्दिक अनुरोध गरेको छ।