एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले सुरु गर्यो महिला हेल्प डेस्क प्रवास समाचार October 5, 2021October 5, 2021 बिन्दु ढकाल/ कान्साइ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले जापानमा बसोबास गर्दै आउनुभएका महिलाहरु लाई पर्न सक्ने बिबिध समस्याहरु लाई मध्यनजर गर्दै “महिलाहरुका समस्या निराकरणका लागी महिला द्वारा सहयोग र साथ “ भन्ने नारा सहित गोपनियता कायम गर्दै परामर्श दिने उद्देश्यले महिला हेल्प डेस्क को सुरुवात गरेको छ| जापानमा विविध कारणले समस्यामा रहेका नेपाली दिदी बहिनीहरूका समस्याहरूमा विष्तृत रूपमा छलफल गरि अगामी दिनमा खुशीका साथ सरल जिवनयापन गराउन पहल तथा सहयोग गर्ने महिला हेल्प डेस्क संचालन गरिएको एन आर एन ए कान्साइ का संयोजक दिलिप शर्मा गैरेले बताउनु भयो। जापानमा रहेका कतिपय नेपालीहरुमा देखिएको नैराश्यतालाई कमी गर्न र बढ्दो आत्महत्याको रोकथाम र न्यूनिकारणका लागि मनोविद्हरुको सहभागितामा मनोवैज्ञानिक परामर्शको कार्यक्रम पनि आयोजना गर्ने हाम्रो योजना रहेको संयोजक शर्माले जानकारी दिनु भयो । कुनै पनि समस्या भए फोन नम्बर ०८० – ९७४८ – १९९० , ०८०-९०५८-७२३० अथवा ०९० -२८०४-२५७८ मा सम्पर्क गर्न एन आर एन ए कान्साइले अनुरोध गरेको छ । यस अघि पनि समितिले तिजको अवसर पारेर जापानमा रहेका महिलाका समस्याको उजागर गर्दै समाधानको उपाय पहिल्याउन सहयोग पुग्ने गरि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र अगुवा महिलाको सहभागितामा “ परदेस मा हुने महिला हिसा बिरुद्द महिला सशक्तिकरण सचेतना र सजगतको लागी महिला जगरण “ कार्यक्रम सम्पन्न गरिसकेको छ ।