You are here
Home > प्रवास > एनआरएनएको अध्यक्षमा डा.बद्री केसीको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षमा डा.बद्री केसीको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न १०औं महाधिवेशनमा वर्तमान उपाध्यक्ष डा.बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष केसीले प्रतिबद्धतापत्रसहित उम्मेद्वारी घोषणा गर्नुभएको हो । उहाँले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानीका लागि एनआरएन नेपाल डेभलपमेन्ट फण्ड स्थापनाको लागि एनआरएनएको लागि प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै, संस्थागत पुर्नसंरचना एवं सुदृढिकरण, गैरआवासीय नेपालीहरूको हकहित र ज्ञानसीप तथा प्रविधिसहितको एनआरएनए, नेपालमा पर्यटन प्रवद्र्धन, युवा महिला तथा दोस्रो पुस्ता र अन्य अन्तराष्ट्रिय संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने केसीको प्रतिबद्धता छ ।

उपाध्यक्ष केसीले आफू लामो समयदेखि गैर आवासीय नेपालीको हितका लागि लड्दै आएको स्मरण गर्दै सहयोगको लागि सम्पूर्ण मतदातासँग मतकालागि आग्रह गर्नुभयो ।

यसअघि कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको १०औं सम्मेलन कात्तिक ६ देखि ८ गतेसम्म काठमाडौमा हुँदैछ ।

Leave a Reply

Top