You are here
Home > Uncategorized > महिला दिवसमा दक्षिणकाली नगरपालिकाले सुरु ग¥र्यो मिनि गार्मेन्त ।

महिला दिवसमा दक्षिणकाली नगरपालिकाले सुरु ग¥र्यो मिनि गार्मेन्त ।

२५ फागुन, काठमाडौं ।
दीपश्री खबर पत्रिका ।
१०९ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

यसै विच दक्षिणकाली नगरपालिकाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नगर प्रमुख मोहन वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई यस वर्ष दक्षिणकाली नगरपालिकाले भने फरक तरिकाले नारी दिवस मनाएको छ । आत्मनिर्भरताको प्रमुख उदेश्यलाई जोड दिइ दक्षतालाई प्रोत्साहन गराउँदै मिनी गारमेन्टको उद्घाटन र व्यापार व्यवसायबाट आर्थिक सम्वृद्धीमा सबैको पहुँच पु¥याउने उदेश्यले मेयर तथा उपमियर बसन्ती तामाङ्गले विभिन्न व्यक्तिहरुका लागी संयुक्त रुपमा ठेलागाडा हस्तान्तरण गरेका थिए ।


नगरपालिकाको सम्वृद्धी नगरवासिको सहकार्यमा मात्र पुरा हुने बताउँदै मेयर वस्नेतले यसमा सबै क्षेत्रबाट एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उममेयर तामाङ्गले आफु महिलाको प्रतिनिधी पात्र रहेको बताउँदै ३६५ दिननै महिला दिवस मनाउनु पर्ने बताइन् ।


कार्यक्रममा विभिन्न महिला समूहरुको उपस्थित रहेको थियो । यस वर्षको महिला दिवसको नारा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ दिइएको थियो ।

Leave a Reply

Top