श्री कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीले मनाए देउसी भैलो, संकलित रकमबाट शैक्षिक क्षेत्रमा खर्च गर्ने घोषणा । समाचार November 10, 2023 दक्षिणकाली नगरपालिका वडा नं ८ मा अवस्थित रहेको श्री कृष्ण माध्यमिक विद्यालयले देउसी भैलो कार्यक्रम सहित शुभकामना आदान प्रदान गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष योस कुमार वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना तथा देउसी भैलो कार्यक्रममा वडा अध्यक्ष वाईवाले श्री कृष्ण माध्यमिक विद्यालयको शैक्षिक, शिप र क्षमतामा परिवर्तन आइरहेको बताउनु भयो । अध्यक्ष वाइवाले विद्यार्थीका लागि पढाईसँगै अतिरिक्ति क्रियाकलाप पनि आवश्यक रहेको हुँदा वडा कार्यालयबाट विद्यार्थीको शैक्षिक सुधारको लागि कुनै पनि कसुर बाँकी नराख्ने बताउनु भयो । विद्यार्थीको लागि छिट्टै नै जाडोको लागि आवश्यक पोसाक वितरणको तयारी भइरहेको समेत जानकारी गराउनु भयो । विद्यालयको शैक्षिक सुधारको लागि अझ शशक्त रुपमा लाग्न आफु तयार रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक लामिछानेले बताउनु भयो । विद्यालयको शैक्षिक सुधारको लागि शिक्षा, शिप र संस्कार निक्कै आवश्यक रहेको बताउदै अध्यक्ष लामिछानेले अवका दिनमा अझ थप शैक्षिक गुणस्तरको लागि केहि योजना तयारी भैरहेको बताउनु भयो । स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक रमेश आचार्यले विद्यार्थीको शैक्षिक भविश्यका लागि आफ्नो टिम निरन्तर लाग्ने धारणा राख्नु भयो । विद्यार्थीहरुले देउसी भैलो गाउँदै विद्यालय प्रति आफ्नो माया सधै रहिरहेको गितको भाकामा प्रस्तुत गरेका थिए । सन्देशमूलक गीत, नृत्य लगायत विभिन्न प्रस्तुतीले देउसी भैलो कार्यक्रम निक्कै उत्साहजनक भएको थियो । देउसी भैलो कार्यक्रमलाई शिक्षक अप्सरा भूर्तेलले संचालन र समन्वय गर्नु भएको थियो । कार्यक्रम व्यवस्थापकिय पक्षमा उपप्रधानाध्यापक मिलन के.सी. लगायतको व्यवस्थापन रेहेको थियो । देउसी भैलोबाट सत्र हजार पचास रुपैया संकलन भएको थियो । संकलित रकम विद्यार्थीको शैक्षिक क्षेत्रमा खर्च गरिने छ ।