अर्लाङकोट सेवा समाज जापानद्वारा स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई नगद हस्तान्तरण खुसी बाँडे खुसी बढ्छ प्रवास September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नं -९ दासिकोट घर भई ओसाकामा केहीदिन अघी निधन हुनु भएका स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई अर्लाङकोट सेवा समाज जापानको पहलमा संकलन गरिएको ६००,००० (६लाख)जापानी एन हस्तान्त्रण गरिएको छ । समाजका संस्थापक संरक्षण तुल्सीराम खरेलले मृतककी श्रीमती कमला केसीलाई अर्लाङकोट सेवा समाज जापानले संकलन गरेको उक्त सहयोगक रकम हस्तान्तरण गर्नु भएको हो ।ओसाकामा रोजगारी गर्दै आउनुभएका वर्ष ३८ का नारायण बहादुर खत्रीको मुटु रोगका कारण उपचारको क्रममा ओसाका स्थित कोनो जनरल हस्पिटलमा निधन भएको थियो ।पारिवारिक अवस्था अत्यन्त नाजुक रहेकोले भन्दै यस दु:खको घडीमा थोरै भए पनि सहयोग पुगोस् भन्दै अर्लाङकोट सेवा समाजले आर्थिक सहयोग अपिल गरेको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुक्तिराम खरेल, टिकाराम कँडेल, एनआरएन कान्साई, संयोजक दिलीप गैरे, कमल जिसी, सुरज जिसी लगायतको उपस्थिती रहेको थियो।संस्थापक संरक्षक खरेलले सहयोग हस्तान्तरण गर्दै सम्पूर्ण सहयोगी हातहरुलाई समाजको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।