सप्तकोसीको बाढी सयौं घर जोखिममा समाचार August 3, 2022August 3, 2022 १८श्रावण,काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो ।बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि आज बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको बेलका नगरपालिकाले जनाएको छ । योसँगै नगरपालिका वडा नम्बर २ र ३ का सयौं बस्ती जोखिममा परेका छन् । कोशीले केही घर डुबाएको छ । नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ । डुम्रीबोटे हुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएका छन् ।