You are here
Home > खुसी बाँडे खुसी बढ्छ > क्योटोमा नेपाली समुदायको रक्तदान कार्यक्रम हुँदै

क्योटोमा नेपाली समुदायको रक्तदान कार्यक्रम हुँदै

क्योटो, जापान। नेपाली क्योटो कम्युनिटीको आयोजनामा आगामी २०२६ अक्टोबर २५, आइतबार रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

“रक्तदान गरौँ, जीवन बचाऔँ, मानवता फैलाऔँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रम JR निजो स्टेशन (JR 二条駅) क्षेत्रमा बिहान १०:३० बजेदेखि दिउँसो ४:३० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार रक्तदानका लागि केही मिनेट छुट्याउँदा कसैको अमूल्य जीवन बचाउन सहयोग पुग्न सक्ने भएकाले जापानमा बसोबास गर्ने नेपाली समुदायसहित इच्छुक सबैलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरिएको छ।

रक्तदानले आवश्यक परेका बिरामीको उपचारमा सहयोग पुर्‍याउनुका साथै समाजमा मानवीय सेवा, सहयोग र सामाजिक जिम्मेवारीको भावना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

जापानमा उपचारका लागि आवश्यक रगतको आपूर्ति कायम राख्न निरन्तर रक्तदान आवश्यक हुन्छ।京都府का अनुसार प्रदेशमा दैनिक करिब ३०० जना रक्तदाताको सहयोग आवश्यक पर्छ।

Leave a Reply

Top