You are here
Home > प्रवास > चितवन समाज जापान,कान्साई क्षेत्रीय समितीको तेस्रो अधिवेशन सम्पन्न,संयोजकमा भुम प्रसाद गैरे निर्बिरोध

चितवन समाज जापान,कान्साई क्षेत्रीय समितीको तेस्रो अधिवेशन सम्पन्न,संयोजकमा भुम प्रसाद गैरे निर्बिरोध

चितवन समाज जापान,कान्साई क्षेत्रीय समितीको तेस्रो अधिवेशन सेप्टेम्बर महिनाको १९ तारिक बिहीवार ओशाकामा सम्पन्न भएको छ ।अधिवेशन बाट २०१९-२०२१ का लागि भुम प्रसाद गैरे संयोजक पदमा निर्बिरोध निर्बाचित हुनु भएको छ।यसै गरी वरिष्ठ उप समयोजकमा विष्णु प्रसाद शर्मा,उप संयोजकमा हरि पाठक र लक्षमण गैरे (चित्र) रहनु भएकोछ ।

यस्तै महिला समयोजकमा कमला घिमिरे,सचिबमा अनिल पौडेल सह सचिबमा बाबु राम सापकोटा कोषाध्यक्षयमा लक्षमण गैरे र सह कोषाध्यक्ष नर नारायण कडेल चयन हुनु भएको छ ।सदस्य हरुमा बिनोद घिमिरे,गोबिन्द प्रसाद पौडेल,शृष्टि सापकोटा,बिन्दु कंडेल,इश्वरी सापकोटा र नन्दु सापकोटा रहनु भएको छ ।

चितवन समाज जापानका संयोजक राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथिमा एनआरएनए आइसिसी सदस्य तथा चितवन समाज का सल्लहाकार तुल्सिराम खरेल रहनु भएको थियो । कार्यक्रममा चितवन समाज जापानका सल्लाकार आत्मराम शर्मा गैरे, चितवन समाजका उपाध्यक्ष अर्जुन अधिकारि, ईश्वरी कंडेल,एशिया प्यासिफिकका संयोजक, मुक्ति राम खरेल,केन्द्रिय सदस्य जनक पाठक,गैरे समाजका संरक्षक राजु गैरे,एन आर एन कान्साइका उप संयोजक दिलिप शर्मा गैरे,हरि कंडेल, स्टार ग्रुपका संयोजक दिलिप कंडेल लगाएतको उपस्थिती रहेको थियो।

Leave a Reply

Top