एन आर एन जापान,कान्साइ क्षेत्रिय समितिले हेल्प लाइन सन्चालन गर्ने प्रवास समाचार June 24, 2021 एन आर जापान एन,कान्साइ क्षेत्रिय समितिले हेल्प लाइन सन्चालन गर्ने भएको छ । आफ्नो अधिकारिक फेस बुक मार्फत एक सुचना जारी हेल्प लाइन सन्चालन गर्ने लागिएको एन आर एन कान्साइले जनाएको हो । एन आर एन कान्साइले उल्लेख गरेको जानकारी जस्ताको तस्तै : सम्पूर्ण कान्साईवासीहरूमा नमस्कार । २०१९-२०२१ कार्यकालको सफल अवतरण संगै २०२१ – २०२३ का लागि हामीलाई सर्वसहमत जिम्मेवारी सुम्पिन आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुहुने, हाम्रो यो कार्यसमितिले केहि राम्रो गर्न सक्छ भनि हामीलाई विश्वास गर्नुहुने सम्पूर्णमा पुनःश्च धन्यवाद ज्ञापन गर्दछौ। हाम्रो लक्ष्य र उद्देश्य भनेको विशेषगरि कान्साईमा बसोबास गर्ने नेपालीहरूको भाईचारा, एकता र सदभाव कायम गर्नुका साथै यहाँ बस्ने नेपालीहरूलाई भईपरि आउने समस्याहरूमा हामी एक जुट भएर समस्याको समाधान गर्दै अघि बढ्न सकौ भन्ने रहेको छ। त्यसका लागि भाषागत समस्या देखि नियम कानुनका कतिपय कुराहरूले गर्दा कोहि पनि समस्यामा नपरून र जापान सरकारबाट पाउने सुविधाहरूबाट कोहि पनि वञ्चित नहुन भन्ने उद्देश्य अनुरूप तपाईहरूको सुविधाका लागि निम्न नम्बरहरू उपलब्ध गराएका छौ। यहाँको नियम कानुन र संस्थाको मूल्य मान्यता र विधानको परिधीमा रहेर तपाईहरूका समस्या समाधान गर्न हामी सधै सकारात्मक भई अघि बढ्ने छौ। धन्यवाद एनआरएनए जापान, क्षेत्रिय समिति कान्साई परिवार ।