बिष्णु सापकोटाको पहलम निर्माण भएको अर्को बिद्यालय भबनको उद्घाटन प्रवास समाचार March 12, 2019March 12, 2019 जापानमा रहेको गैर नाफामुलक संस्था सन वर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ३ स्थित कालापातलमा रहेको श्रीशिवालय निम्न माध्यमिक बिद्यालयको नयाँ पक्की भबनको उद्घाटन गरिएको छ । २०७५ साल चैत्र २७ गते एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी कुश्म राज उपाध्याय र सन वोर्ल्ड भिजनका कार्यकारी निर्देशक यामानो काजुयोसीले गर्नु भयो । हाल उक्त विध्यालयमा १३३ जना विध्यार्थीले अध्ययन गरिरहेका छन। जामो समय देखी जिर्ण अबस्थामा रहेको उक्त भबनले नयाँ रुप पाएपछी स्थानियहरु उत्साहित भएका छन। बिद्यालयका प्रधानाध्यापक प्रेम बाहादुर छन्त्यालले तोकिएको समयमा बिद्यालय भबनको निर्माणकार्य सम्पन्न भएकोमा खुशी ब्यक्त गर्नु भयो । नयाँ भबनको निर्माण सँगै कालापातलमा शिक्षाको नयाँ बिहानिको सुरुवात भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जयराम छन्त्यालले बताउनु भयो। बिद्यालय निर्माणकोलागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबलाई जापान बाट ब्यबस्थापनको जिमेवारी लिनुभएका अभियानता बिष्णु सापकोटा ले धन्यबाद दिदै आगामी दिनहरुमा पनि निरन्तर रुपमा सहयोगकालागि अनुरोध गर्नु भयो।२०७५ साल मंसिर १७ गते एक कार्यक्रमका बिच जेस्ट नागरिक मान बहादुर छन्त्याल र समाज सेवी चन्द्र दत्त सापकोटाले उक्त भबनको शिलान्यास गर्नु भएको थियो । कार्यक्र्ममा रामचन्द्र काफ्लेले सहज कर्ताको रुपमा सहयोग गर्नु भएको थियो। यस अघी जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहुँमा रहेको एम्बुलेन्स श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको अप्रिल २२ तारिक भब्य समारोहका बिच उदघाटन गरिनुका साथै एम्बुलेन्स पनि हस्तान्तरण गरिएको थियो।